• २० वैशाख २०८१, बिहिबार

एलपीएल : क्रिकेट एक्सिलेन्स र कैलाली मल्टिपल विजयी

blog

काठमाडौँ, मङ्सिर २७ गते । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को मा बुधबार क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन्। 

समूह ’डी’ अन्तर्गतको खेलमा एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई तथा समूह ’बि’ अन्तर्गतको खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई हरायो । पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई तीन विकेटले हरायो । जेएस स्पोर्ट्स–११ ले दिएको १३२ रनको लक्ष्य क्रिकेट एक्सीलेन्स सेन्टरले सात विकेट गुमाएर १८.५ ओभरमा पुरा गरेको हो । 

अर्को खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई दुई रनले स्तब्ध बनायो । कैलाली मल्टिपलले दिएको १५० रनको लक्ष्य पछ्याएको शारदा सेकेण्डरी स्कुलले पुरै २० ओभर ब्याटिङ गर्दै १४७ रन बनाएको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको कैलाली मल्टिपल क्याम्पसले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । 

प्रतियोगिताको सेमिफाइनल पुग्ने तीन टोलीको टिमको टुङ्गो लागिसकेको छ । समूह ‘बी’ बाट यूथ अफ टिकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन् । 

अन्तिम टिमको टुङ्गो बिहीबार धनगढी स्पोर्ट्स क्लब र खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरबिचको खेलपछि लाग्नेछ ।