अर्जुन काफ्ले
स्याङ्जा, पुस १ गते । १२औँ शिरशुभा गम्भीर सिंह गुरुङ स्मृति भलिबल प्रतियोगिता उपाधि राङखोला युवा क्लबले जितेको छ । आँधीखोला गाउँपालिका १ कुर्लेमा युवाहरूमा खेलको माध्यमबाट शारीरिक मानसिक अनि नेतृत्व विकासका लागि हरेक वर्ष प्रतियोगिता गरिँदै आएको हो ।
मेजर लील बहादुर गुरुङले आफ्ना बुवा र आमाको स्मृतिमा प्रतियोगिता आयोजना गर्नु भएको थियो । फाइनलमा राङखोलाले भगरा युवा क्लब पर्वतलाई पराजित गर्दै उपाधि सहित एक लाख रुपियाँसहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो । राङखोलाले ३–१ को सेटमा २५–२३, २१–२५, २५–२२, २५–१९ ले जितेको हो ।
उपविजेतामा चित्त बुझाएको भगराँ युवा क्लबले ६५ हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो । बयरघारि पिस यूथ क्लब भीरकोटले तेस्रो स्थान हात पार्दै ३५ हजार रुपियाँ प्राप्त ग¥यो ।
प्रतियोगितामा विजयी तथा उपबिजयीलाई जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटीले पुरस्कार वितरण गर्नुभएको हो । ६ दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, पर्वत र कास्कीका १६ टोलीको सहभागिता रहेको थियो ।