• १२ मंसिर २०८१, बुधबार

अरहन्त र अमिरबिच उपाधि भिडन्त

blog

काठमाडौँ, मङ्सिर २८ गते । अरहान्तकेशर सिंह र अमिर ब्लोन बिहीबार एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको फाइनलमा पुग्नुभएको छ । 

सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट सङ्घका भवनमा भइरहेको प्रतियोगिताको फाइनल पुग्ने क्रममा नेपालका शीर्ष स्क्वास खेलाडी अरहन्तले उमित श्रेष्ठलाई सीधा सेटमा ११–४, ११–३ र ११–५ ले हराउनुभयो । अर्को सेमिफाइनलमा अमिर ब्लोनले प्रतिस्पर्धा भिडन्तपछि दीपक थापाको चुनौती ११–८, १२–१४, ११–७, ६–११ र १२–१० ले पार गर्नुभयो । 

यसैगरी मास्टर्स प्लस ५० को उपाधि भिडन्त छविलाल पाइजा पुन र प्रज्वलप्रकास प्रधानबिच हुनेभएको छ । छविलालले अनिल बज्राचार्यलाई ११–६, ११–६, ११–६ र प्रज्वलले लालबहादुर गुरुङलाई ११–४, ११–४, ११७ ले हराएर फाइनलमा स्थान बनाउनुभएको हो । 

ब्वाइज यु १९ को सेमिफाइनलमा पासाङ ब्लोनले रोहन नेपाललाई ११–६, ११–६ र ११–४ तथा विकास तुम्सिङ मगरले राकेश परियारलाई १२–१०, ११–९ र ११–८ ले हराउनुभयो । पासाङले प्लेट च्याम्पियन्सीपको फाइनल पनि खेल्नुहुनेछ । सो स्पर्धाको सेमिफाइनलमा पासाङले विकासलाई ४–११, ९–११, १२–१०, ११–४ र ११–७ ले हराउनुभएको हो । 

प्लेट च्याम्पियन्सीपको दोस्रो सेमिफाइनलमा दिव्यराज बज्राचार्यले रिद्धि शाक्यलाई ११–३, ११–६ र ११–७ ले पराजित गर्नुभयो । नेपाल स्क्वास र्‍याकेट सङ्घ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास भएको हो । 

एक्स स्टेपको प्रायोजन रहेको प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु१९, गल्र्स यु१९, मास्टर्स ५० प्लस र प्लेट गरी छ विधामा खेल भइरहेको छ ।