झापाको क्षेत्र २ (ख) मा एमालेका चिन्तन पाठक विजयी
झापाको क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का चिन्तन पाठक विजयी बन्नुभएको छ । पाठक ३ हजार ८४० मतान्तरसहित विजयी हुनुभएको हो ।
झापा ३ प्रदेश सभा (क) मा कांग्रेसका राजवंशी विजयी
झापाको क्षेत्र नं. ३ (१) मा नेपाली काँग्रेसका भुमिप्रसाद राजवंशी बिजयी बन्नु भएको छ । राजवंशीले २० हजार ७७० मत ल्याएर प्रदेश सदस्यमा निर्वाचित बन्नु भएको हो ।
बागलुङबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी
बागलुङ क्षेत्र नम्बर २ बाट (माओवादी केन्द्र)का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी हुनुभएको छ। पौडेल २४ हजार ७७९ मत प्राप्त गर्नुभयो।
झापा २ प्रदेश सभा (क) मा एमालेका कार्की निर्वाचित
झापाको क्षेत्र नम्बर २ (क) मा प्रदेश सभा सदस्यमा नेकपा एमालेका एकराज कार्की निर्वाचित हुनुभएको छ । कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित हुनुभयो ।
जनमतका सिके राउत विजयी, उपेन्द्र यादव पराजित
सप्तरीबाट प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत दोब्बरभन्दा बढी मतले निर्वाचित हुनुभएको छ । त्यस क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजित हुनुभयो ।
नवलपरासी २ मा राप्रपाका ध्रुवबहादुर प्रधानको अग्रता
पश्चिम नवलपरासीको सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानको फराकिलो मतान्तरले अग्र स्थानमा हुनुहुन्छ ।
दाङ क्षेत्र नम्बर २ (क) मा कांग्रेसका खनाल विजयी
दाङको निर्वाचन क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ ।
नवलपरासी १ मा उद्योगपति चौधरीको अग्रता
पश्चिम नवलपरासीको संधिय निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका उद्योगपति विनोद चौधरीको लगातार अग्रता कायम रहेको छ ।
कञ्चनपुर–२ (क) प्रदेशसभामा माओवादीका भाट विजयी
कञ्चनपर क्षेत्र नं. २ (क) प्रदेशसभामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका ओमविक्रम भाट(सरल) विजयी हुनुभएको छ ।
कञ्चनपुर क्षेत्र २ (ख) मा कांग्रेसका थापा निर्वाचित
नेपाली कांग्रेस कञ्चनपुरले निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सभाबाट आफ्नो खाता खोलेको छ । गठबन्धनका उम्मेदवार कांग्रेसका पूर्व सभापति बहादुरसिंह थापा निर्वाचित हुनुभएको हो ।
ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा विजयी
ओखलढुंगाको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा अत्यधिक मतका साथ विजयी हुनुभएको छ ।
धादिङ १ (क) मा नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ विजयी
धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क मा नेपाली कांग्रेसका उम्मेदवार मधुकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
गुल्मी २ को प्रदेश सभा (ख) मा एमालेका पन्थी विजयी
गुल्मी क्षेत्र नं २ को प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी विजयी हुनुभएको छ । पन्थीले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका माओबादी केन्द्रका बुद्धिबहादुर घर्तीलाई ११० मत अन्तरले पराजित गर्नुभयो ।
काठमाडौं–३ (ख) मा ठकुरी विजयी
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) बाट मा कांग्रेसका उम्मेदवार विमल ठकुरी निर्वाचित हुनुभएको छ ।
उदयपुर २ प्रदेशसभा (ख) मा कांग्रेसका खत्री विजयी
उदयपुरको निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्री १२ हजार ६२७ मत प्राप्तगरी प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको छ ।
काठमाडौं १ (ख)मा कांग्रेसका सुरजचन्द्र लामिछाने विजयी
काठमाडौं–१ प्रदेशसभा (ख) नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले चार हजार ५१० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
काठमाडौं १ (क)मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी
काठमाडौं–१ प्रदेशसभा (क) मा कांग्रेस दीपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित
राष्ट्रिय जनमोर्चाले बागलुङबाट प्रतिनिधिसभा सदस्यमा जितको सुरुवात गरेको छ । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
गण्डकी प्रदेशका ३६ क्षेत्रमध्ये हालसम्म १५ निर्वाचन क्षेत्रमा टुङ्गो
प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तर्गतमा मङ्सिर ४ गते भएको निर्वाचनको परिणाम तीव्र गतिमा आउन थालेको छ । गण्डकी प्रदेशको १८ संघीय निर्वाचन क्षेत्रमध्ये मुस्ताङ, मनाङ र तनहुँ –२ को नतिजा कांग्रेसको पक्षमा आइसकेको छ भने अन्य स्थानको मतगणना अन्तिम स्थानमा पुगेको छ ।
सल्यानमा एकीकृत समाजवादीका ज्वालाको अग्रता कायमै
सल्यानमा प्रतिनिधिसभाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाको अग्रता कायम छ । सुरुवाती चरणमै अग्रता लिनुभएका उहाँले २४ हजार तीनसय मत प्राप्त गरी अग्रता कायम गर्नुभएको हो ।
काठमाडौं ६ मा रास्वपाका शिशिर विजयी, सर्वेन्द्र पाँच हजार २९३ मतले पराजित
काठमाडौं निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ ।
समानुपातिकतर्फ एमाले २२ हजार मतले अगाडि
समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ ।
बाँके २ मा समानुपातिकको मतगणना शुरु, जसपाको अग्रता
बाँके २ मा प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै बुधबार बिहानबाट समानुपातिकतर्फको मतगणना शुरु गरिएको छ ।
सप्तरी ३ (ख)मा जनमतका शम्भु साह विजयी
सप्तरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख)मा जनमत पार्टीका उम्मेदवार शम्भु साह विजयी हुनुभएको छ । साहले १० हजार ८६२ मत प्राप्त गर्नुभएको छ ।