• ७ वैशाख २०८१, शुक्रबार

झापा ३ प्रदेश सभा (क) मा कांग्रेसका राजवंशी विजयी

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ७ गते । झापाको क्षेत्र नं. ३ (१) मा नेपाली कांग्रेसका भुमिप्रसाद राजवंशी बिजयी बन्नु भएको छ । राजवंशीले २० हजार ७७० मत ल्याएर प्रदेश सदस्यमा निर्वाचित बन्नु भएको हो । 

उहाँको निकटतम् प्रतिस्पर्धी निर्वतमान प्रतिनिधि सभा सदस्य बाँनियाले १९ हजार ७०१ मत ल्याउनु भएको छ । राजवंशीले अघिल्लो पटक आफुलाई हराउने निवर्तमान प्रदेश सभा सदस्य बसन्त बाँनियालाई पराजित गरेर यसपाली बदला लिनुभएको हो ।