सल्यान १ को (ख) मा कांग्रेसका सुरेश अधिकारी विजयी
सल्यान प्रदेश सभा क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी तीन हजार ७९० मतान्तर विजयी हुनुभएको छ ।
विरोध खतिवडालाई हराउँदै बर्तौला निर्वाचित
मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका विरोध खतिवडालाई पराजित गर्दै नेकपा (एमाले) का महेश बर्तौला निर्वाचित बन्नुभएको छ ।
कैलाली ४ मा भट्टलाई हराउँदै बलायर विजयी
कैलाली क्षेत्र नम्बर ४ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलाएर प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ ।
कालिकोट (क) मा माओवादीका रावत निर्वाचित
कालिकोट (क) मा नेकपा (माओवादी केन्द्र) बाट गठबन्धनका साझा उम्मेदवार दुर्ग रावत निर्वाचित भएका छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गर्नुभयो ।
चितवन २ (क) एमाले र ३(क) मा राप्रपा विजयी
बागमती प्रदेश सभा तर्फ चितवन २ (क) वाट नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद सिलवाल निर्वाचित हुनुभएको छ ।
ललितपुरबाट तोसिमा कार्की विजयी
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ।
सिन्धुपाल्चोक १ (ख) मा माओवादी केन्द्रका सरल विजयी
प्रतिनिधि सभा क्षेत्र नम्बर १ (ख) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ ।
तनहुँ–१ (क) मा कांग्रेसका श्रेष्ठ विजयी
तनहुँको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ भारी मतान्तरले विजयी हुनु भएको छ ।
रुपन्देही ५ मा वासुदेव घिमिरे विजयी
रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) उम्मेदवार वासुदेव घिमिरेले फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।
प्रतिनिधि सभा–१ मा गठबन्धनका माधव विजयी
सिन्धुपाल्चोक प्रतिनिधिसभा–१ मा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा (सुबोध) विजयी हुनु भएको छ ।
मतगणना नसकिँदै कमल थापाद्वारा हार स्वीकार
मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतगणना जारी हुँदा हार स्वीकार गर्नुभएको छ ।
सिन्धुपाल्चोक २ को (क) माओवादीका युवराज विजयी
प्रतिनिधि सभा–२ को (क) मा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल ‘शरद’ विजयी हुनु भएको छ ।
उपत्यकामा माओवादी केन्द्र शून्य
प्रतिनिधि सभा निर्वाचनमा उपत्यकाभित्र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शून्य भएको छ । प्रतिनिधि सभातर्फ काठमाडौँ जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये माओवादीबाट गठबन्धनका साझा उम्मेदवार चार जना थिए ।
तनहुँ १ (ख) बाट माओवादी केन्द्रका चुमान विजयी
तनहुँ १ (ख) बाट हरिबहादुर चुमान विजयी हुनु भएको छ । नेकपा (माओवादी केन्द्र) का चुमानले एमालेका पूर्णबहादुर गुरुङलाई हराउँदै उहाँ विजयी हुनु भएको छ ।
स्याङ्जा १ को प्रदेशसभा (क) मा सुन्दास विजयी
स्याङ्जा क्षेत्र नं १ प्रदेश (क) मा नेकपा (एमाले) का उम्मेदवार सिता कुमारी सुन्दास विजयी हुनु भएको छ ।
दाङ ३ (क) बाट कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी
दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) मा नेपाली काँग्रेस डिल्लीबहादुर चौधरी विजयी हुनुभएको छ ।
नवलपुर–१ को प्रदेश (क) मा कांग्रेस सभापति जिसी विजयी
पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसि विजयी हुनुभएको छ ।
दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका शाही विजयी
दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिकपाल कुमार शाही विजयी हुनुभएको छ ।
समानुपातिकमा एमाले अगाडी कांग्रेस पछिपछि
बिहान ७ः३० बजेसम्म निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार प्रतिनिधिसभा समानुपातिक तर्फ नेकपा एमालेले चार लाख ७० हजार ३५२ मत ल्याएको छ भने नेपाली कांग्रेसले चार लाख ३३ हजार ५२८ मत प्राप्त गरेको छ ।
सुर्खेत २ को प्रदेश सभा (क) मा एमालेका कंडेल विजयी
सुर्खेत निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) मा नेकपा (एमाले)का यामलाल कंडेल विजयी हुनु भएको छ ।
प्रतिनिधि सभातर्फ ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक
प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ । नेकपा एमालेले १४ स्थानमा जित निकालेको गरेको छ ।
पाँचथर प्रदेशसभा (ख)मा माओवादी केन्द्रका इन्द्रवहादुुर आङवो विजयी
पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङबो (मौसम) विजयी हुनु भएको छ ।
कैलाली–४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी
कैलाली निर्वाचन क्षेत्र नं. ४ मा वाम गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
प्रतिनिधि सभामा आलेको ह्याट्रिक
डोटीमा प्रतिनिधि सभा सदस्यमा नेकपा ( एकीकृत समाजवादी )का उम्मेदवार ५१ वर्षीय प्रेमबहादुर आले निर्वाचित भएका हुनु भएको छ ।