• ७ वैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा–१ मा गठबन्धनका माधव विजयी

blog

प्रतिनिधिसभा–१ मा विजयी माओवादी केन्द्रका माधव सापकोटा(सुबोध) । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर ८ गते । 
सिन्धुपाल्चोक प्रतिनिधिसभा–१ मा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा (सुबोध) विजयी हुनु भएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सरेश नेपाललाई तीन हजार ३५६ मतले पछाडि पार्दै सापकोटा निर्वाचित हुनु भएको छ ।

माओवादीको पोलिटब्यूरो सदस्य समेत रहनुभएका सापकोटाले ३० हजार ३७४ मत र नेपालले २७ हजार १८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले तीन हजार ४९८ मत प्राप्त गरेका छन् ।