अछाम–१ (क) मा कांग्रेसका खड्का विजयी
सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–१ को ‘क’ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका मेघराज खड्का विजयी हुनुभएको छ ।
महोत्तरी ३ (क), (ख) मा लोसपाका अभिराम र तिवारी विजयी
महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को (क)मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अभिराम शर्मा र (ख) मा रानी कुमारी तिवारी विजयी हुनु भएको छ ।
सिन्धुपाल्चोक २ (क) मा दुलाल विजयी
सिन्धुपाल्चोकको प्रतिनिधि सभा २ को प्रदेशसभा क बाट नेकपा माओवादी केन्द्रका युवराज दुलाल विजयी हुनुभएको छ ।
दार्चुलाको प्रतिनिधिसभामा बडू र प्रदेश सभामा धामी निर्वाचित
दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू दुई हजार १३४ मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
पाल्पा २ (क) मा कांग्रेसका राना विजयी
नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रानाले १६ हजार ३९ मत ल्याएर विजयी हुनुभएको हो ।
म्याग्दीमा कांग्रेसका गर्बुजा विजयी
म्याग्दी प्रतिनिधि सभा सदस्य तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी हुनुभएको छ ।
सल्यानको प्रदेश सभा (ख) मा कांग्रेसका सुरेश अधिकारी विजयी
सल्यानको प्रदेश सभा क्षेत्र नम्बर (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी तीन हजार ७९० मतान्तर विजयी हुनुभएको छ । उहाँले २० हजार ४०८ मत प्राप्त गर्नुभएको छ ।
कञ्चनपुर २ बाट कांग्रेसका एनपी साउद विजयी
ञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नारायण प्रकाश साउद विजयी हुनु भएको छ ।
खोटाङ प्रदेशसभा (क) मा एमालेका राई, ‘ख’ मा कांग्रेसका राई विजयी
खोटाङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भूपेन्द्र राई विजयी हुनुभएको छ ।
लमजुङमा पृथ्वी सुब्बा गुरुङ विजयी
प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का पृथ्वी सुब्बा गुरुङ विजयी हुनु भएको छ ।
मकवानपुरको २ (क) मा माओवादी केन्द्रका मुक्तान विजयी
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. २ को (क) बाट वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कुमारी मुक्तान निर्वाचित हुनुभएको छ ।
रौतहट १ को (क) मा कांग्रेसका नागेन्द्र साह विजयी
रौतहट क्षेत्र नं. १ को प्रदेशसभा (क) बाट वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र साह एक हजार ६३९ मतले विजयी हुनुभएको छ ।
चर्चित नेताको पराजय
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभातर्फ कुल सिट सङ्ख्याको करिब २५ प्रतिशतको नतिजा आइसकेको छ। यद्यपि हालसम्मको मतपरिणाममा राष्ट्रिय राजनीतिमा विगतमा ख्याति कमाएका थुप्रै चर्चित उम्मेदवार पराजित भएका छन्।
म्याग्दी प्रदेशसभा (ख) मा माओवादीका भण्डारी विजयी
म्याग्दीको प्रदेशसभा (क) मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का युवा नेता हरि भण्डारी विजयी हुनुभएको छ ।
सल्यानबाट प्रतिनिधि सभामा प्रकाश ज्वाला विजयी
सल्यानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला विजयी हुनुभएको छ ।
सल्यान १ (क) बाट माओवादीका भीम प्रकाश विजयी
सल्यान प्रदेश सभा क्षेत्र नम्बर (क) बाट नेकपा माओवादीका केन्द्रीय सदस्य भीम प्रकाश शर्मा विजयी हुनुभएको छ ।
काठमाडौं क्षेत्र नं. (५ ख) कांग्रेसका खड्का विजयी
काठमाडौं क्षेत्र नं. ५ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी हु भएको छ ।
जाजरकोटबाट शक्ति बस्नेत तेस्रो पटक विजयी
जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट (नेकपा माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ ।
जुम्लाबाट प्रतिनिधिसभामा ज्ञानेन्द्र शाही विजयी
जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएको छ ।
पर्सा ३ बाट एमाले उम्मेदवार राजकुमार गुप्ता निर्वाचित
पर्सा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का राजकुमार गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै गुप्ता विजयी हुनुभएको हो ।
अर्घाखाँचीबाट एमाले नेता रायमाझी चौथो पटक निर्वाचित
अर्घाखाँचीबाट प्रतिनिधि सभामा नेकपा (एमाले) का उम्मेदवार टोपबहादुर रायमाझी विजयी हुनुभएको छ ।
प्युठानबाट एमालेका युवा नेता सूर्य थापा निर्वाचित
प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का सूर्य थापा प्युठानबाट निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार थापाले ४१ हजार ११८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
सोलुखुम्बु प्रदेशसभा (ख) मा एमालेका राजभण्डारी विजयी
सोलुखुम्बुको प्रदेश सभा (ख) मा नेकपा (एमाले) का बुद्धिकुमार राजभण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।
लुम्बिनी प्रदेश सभा १ (क) मा पाठक निर्वाचित
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रेम पाठक विजयी हुनुभएको छ ।