• ६ जेठ २०८१, आइतबार

कञ्चनपुर २ बाट कांग्रेसका एनपी साउद विजयी

blog

काठमाडौं, मङ्सिर ८ गते । कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नारायण प्रकाश साउद विजयी हुनु भएको छ । साउदले २८ हजार एक सय मत ल्याउनु भएको थियो भने नेकपा (एमाले)का नर बहादुर धामीले २१ हजार ६४५ ल्याउनु भएको थियो ।

उहाँ नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एव‌ पूर्व सांसद हुनुहुन्छ । नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहनु भएका साउद प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ । उहाँ नेपाली राजनीतिमा एनपी साउदको नामले परिचित हुनुहुन्छ ।