उपनिर्वाचन : अनुमतिबिना सवारी सधान सञ्चालन गरे २५ हजार जरिवाना
निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारी सधान सञ्चालन गरेको पाएमा २५ हजार रुपियाँ जरिवाना हुने जनाएको छ ।
उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।
कीर्तिपुरको निर्वाचनमा मतपत्र दुई वटा हुने
स्थानीय तह उपनिर्वाचन–२०८१ मा कीर्तिपुर नगरपालिकामा दुई प्रकारको मतपत्र हुने भएको छ ।
रुकुम पूर्वमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध
रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ।
निर्वाचन आयोगमा कल सेन्टर सञ्चालनमा
निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।
उपनिर्वाचन : नलगाडमा कांग्रेस, एमाले र माओवादी केन्द्रबिच प्रतिस्पर्धा
यही मङ्सिर १६ हुने उपनिर्वाचनमा जाजरकोटको नलगाड नगरपालिकामा सरगर्मी बढेको छ । उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
उपनिर्वाचन पर्यवेक्षण गर्न नौ संस्थालाई अनुमति
निर्वाचन आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न नौ वटा संस्थालाई अनुमति दिएको छ ।
सात पदका लागि १०२ जनाको उम्मेदवारी
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत बागमती प्रदेशको चार जिल्लाको पाँच स्थानीय तहको सात स्थानमा हुने निर्वाचनमा १०२ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना अन्य, २१ जना महिला र ४६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । रिक्त रहेको नगरप्रमुख, गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षसहित सात स्थानमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा
स्थानीय तहलाई आयोगको आठ बुँदे निर्देशन
निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न सबै स्थानीय तहलाई आठ बुँदे निर्देशन दिएको छ ।
प्रतिस्पर्धामा मुख्य तीन दल
कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) तीन मुख्य प्रतिस्पर्धी रहेका छन् ।
कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
कर्णालीका प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।
नौ पदका लागि उत्साहजनक मनोनयन
कोशी प्रदेशका विभिन्न सात जिल्लाका नौ वटा पदका लागि आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
स्वतन्त्रसहित चौध जनाको उम्मेदवारी
आसन्न स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा हुने उपनिर्वाचनका लागि वडाध्यक्ष पदमा १४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगको स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका अनुसार वडाध्यक्ष पदका लागि पाँच जना स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
उपनिर्वाचन : ४२ पदका लागि ४०७ को उम्मेदवारी
आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चारसय सात जनाको मनोयनपत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त जम्मा आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
धनुषामा सबैभन्दा बढी र रुकुममा सबैभन्दा कम उम्मेदवारी दर्ता
निर्वाचन आयोगले धनुषामा सबैभन्दा बढी र रुकुम पूर्वमा सबैभन्दा कम उम्मेदवारी दर्ता भएको जनाएको छ ।
कीर्तिपुर नगरप्रमुखमा १७ को उम्मेदवारी, स्वतन्त्र नौ जना
कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार दिउँसो ३ः४५ सम्म जम्मा १७ जनाको उम्मेदवारी परेको छ।
काठमाडौं १६ को अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी दर्ता
काठमाडौं महानगरपालिका वडा नं. १६ को रिक्त्त वडा अध्यक्ष पदमा आइतबार दिउँसो २ बजेसम्म ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
स्थानीय तहको उपनिर्वाचन: मनोनयन दर्ताको समय निर्धारण
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले राससलाई जानकारी दिनुभयो ।
गौरीशङ्करमा चुनावी रौनक कडा प्रतिस्पर्धामा चार महिला उम्मेदवार
दोलखाको गौरीशङ्कर गाउँपालिकामा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको जिल्लाका दलहरूले प्रतिस्पर्धात्मक रूपमा प्रचारप्रसार गरेका छन् । आजदेखि आचरसंहिता लागु भएको छ भने मनोनयन दर्ता पनि आज नै हो ।
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।
आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।
उपनिर्वाचनको सरगर्मी : अझै उम्मेदवार तोक्न बाँकी
स्थानीय तह उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलले अधिकांश उम्मेदवारको टुङ्गो लगाएका छन् ।