• १२ साउन २०८१, शनिबार

अछाम–१ (क) मा कांग्रेसका खड्का विजयी

blog

अछाम, मङ्ंसिर ८ गते । सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–१ को ‘क’ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका मेघराज खड्का विजयी हुनुभएको छ ।  खड्काले नेकपा (एमाले) उम्मेदवार देवबहादुर कुँवरलाई पाँच हजार २६० मतान्तरले विजयी हुनुभएको निर्वाचन अधिकृत कार्यालय साँफेबगरले जानकारी दिएको छ ।  

खड्काले १२ हजार ३३७ मत प्राप्त गर्नु भएको भने कुँवरले छ हजार ४९७ मत प्राप्त गर्नुभएको छ । अछाम–१ को ‘क’ प्रदेशमा १९ हजार ३४९ मत खसेको थियो । जस मध्येमा ५१५ मत बदर भएका छन् । उक्त प्रदेशमा चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिका पर्दछ । 

२०७४ को सोही प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का हर्कबहादुर कुँवर (गोविन्द) सँग एक हजार ४१२ मतले पराजित हुनुभएको थियो । कुँवरले दशहजार ७१० मत प्राप्त गर्नुभएको थियो भने खड्काले नौँ हजार २९८ मत प्राप्त गरेर पराजित हुनुभएको थियो ।


Author

शिवराज ढुंगाना