• २२ असार २०८२, आइतबार

पूर्ण खोप सुनिश्चित घोषणा

blog

रलिङ समाचारदाता

रलिङ (हुम्ला), असार २२ गते । हुम्ला जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपनाका मापदण्ड पूरा गरेपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । 

शुक्रबार जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । 

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख उमाकान्त तिवारीले बताउनुभयो । आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप लगाउन सबैको समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

आगामी दिनमा खोप अभियानलाई निरन्तरता दिँदै खोप लगाउनबाट कसैलाई पनि वञ्चित नगरिने बताउँदै खोप समन्वय समितिका संयोजक शर्माले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।  “पहिलो चरणमा गाली खाने महिला स्वास्थ्य स्वयंसेविका भएकाले उनीहरूले पूर्ण खोप घोषणाका लागि गरेको काम निकै उदाहरणीय र प्रशंसायोग्य रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।