• २२ असार २०८२, आइतबार

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन

blog

राष्ट्रपति रामचन्द्र पौडेल छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आइतबार अवलोकन गर्नुहुँदै । तस्बिर सौजन्यः राष्ट्रपतिको सचिवालय

काठमाडौँ, असार २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आज अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित छाउनी सङ्ग्रहालय अवलोकन गर्न जानुभएको हो । 

उहाँलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, सङ्ग्रहालयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा सङ्ग्रहालयका प्रमुख मायादेवी  अर्याललगायत पदाधिकारीले स्वागत गर्नुभएको थियो । राष्ट्रिय सङ्ग्रहलयमा प्रमुख नकर्मीले सङ्ग्रहालयका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।


नेपाली सेनाको सैनिक सङ्ग्रहालयमा पुग्दा उहाँलाई नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गर्नुभएको थियो । सैनिक सङ्ग्रहालयमा सङ्ग्रहालय प्रमुख सेनानी गेलान लामाले सङ्ग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो । रासस