• २२ असार २०८२, आइतबार

निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न

blog

निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा सहभागी ।

काठमाडौँ, असार २२ गते। लायन्स क्लब अफ काठमाडौँ, इन्द्रायणी खुसीबुको आयोजनामा करिब दुई सय जनाले निःशुल्क रगत परीक्षण तथा स्वास्थ्य शिविरबाट सेवा प्राप्त गरेका छन्। 

सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक रुपमा विपन्न वर्गलाई लक्षित गरी क्लबले असार २० र २१ गते सञ्चालन गरेको शिविरमा १९४ जनाले रगत तथा स्वास्थ्य परीक्षण गराएका हुन्। 

कार्यक्रममा डा. प्रदिता श्रेष्ठ, डा. विश्व श्रेष्ठ, डा. सुजन र डा. विकासको विशेषज्ञ चिकित्सक टोलीले रक्त परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरेको थियो। कार्यक्रम संयोजक सौभाग्य बज्राचार्यले शिविरले स्वास्थ्य सचेतना बढाउने र प्रारम्भिक परीक्षणमार्फत रोग पहिचानमा सहयोग पु¥याउने उद्देश्य रहेको जानकारी दिनुभयो।

कार्यक्रमका अध्यक्ष तथा क्लबका अध्यक्ष राजेन्द्र महर्जनले लायन्स क्लबको सामाजिक सेवामा समर्पित भूमिकालाई स्मरण गराउँदै विपन्न र उपचारबाट वञ्चित समुदायलाई लक्षित गरी यस्तो सेवा प्रवाह गरिएको बताउनुभयो। उहाँले समाजप्रतिको उत्तरदायित्व वहन गर्दै आगामी दिनमा अझ विस्तारित र प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त शिविरमा सहभागिता जनाएका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निःशुल्क रूपमा प्राप्त गर्न पाउँदा आफूहरू लाभान्वित भएको प्रतिक्रिया दिएका छन्। आयोजक पक्षले यस्ता सेवा आगामी दिनमा पनि निरन्तरता दिने जनाएका छन्।