• २२ असार २०८२, आइतबार

गीतसङ्गीत नागरिकको मन, मुटु छुने क्षेत्र हो: सभामुख घिमिरे

blog

काठमाडौँ, असार २२ गते । सभामुख देवराज घिमिरेले गीतसङ्गीत नागरिकको मन, मुटु छुने क्षेत्र भएको बताउनुभएको छ ।

आइतबार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बोलेका कुराहरू त्यति प्रभावकारी नहुने तर त्यसैलाई गीत, सङ्गीतको माध्यमबाट प्रस्तुत गर्दा प्रभावकारी बन्ने बताउनु भयो । उहाँले गीत सङ्गीत स्मरणमा रही रहने क्षेत्र भएको बताउनु भयो । हरेक कुरालाई जनसमुदायमा प्रभावकारी ढङ्गबाट लैजाने माध्यम नै गीत, सङ्गीत भएको बताउनु भयो । 

सभामुख घिमिरेले भन्नुभयो, ‘हामीले बोलेका र गरेका कुराहरू प्रभावकारी हुँदैनन् । तर तिनै कुराहरूलाई सङ्गीतको माध्यमबाट, गीतको माध्यमबाट लैजाँदा स्मरणमा रही रहन्छन् र प्रभावकारी ढङ्गबाट मन मस्तिष्कलाई छुन सक्छ । मुटुलाई र दिमागलाई छुन सक्छ । जनसमुदायमा प्रभावकारी ढङ्गबाट लैजाने विधाहरूमध्ये सबैभन्दा ठुलो सङ्गीत र गीतको विधा हो । त्यसपछि कविता लगायत अन्य कुराहरू हो ।’

सभामुख घिमिरेले वरिष्ठ गीतकार श्रीमती रमोलादेवी शाह ‘छिन्नलता’ को १०३ औँ जन्म जयन्तीको अवसरमा ४३ औँ छिन्नलता गीत पुरस्कार समर्पण समेत गर्नुभयो । छिन्नलता गीत पुरस्कारबाट यस वर्ष गीत रचना राजेन्द्र रिजाल, सङ्गीत सिर्जना अच्युतप्रसाद फुयाँल, संयुक्त गायनबाट रामभक्त जोजिजू र इतु जोजिजू, युवा प्रतिभा पुरस्कारबाट एसडि योगीलाई सम्मान गर्नुभयो ।