• २२ असार २०८२, आइतबार

नतिजामा अब्बल केएमसी

blog

काठमाडौंँको बागबजारमा अवस्थित काठमाडौँ मोडल सेकेन्डरी स्कुल राजधानीमा सञ्चालित शैक्षिक संस्थामध्ये विद्यार्थीको अधिकतम रुचाइएको संस्थामा पर्छ । स्थापना कालदेखि नै विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिँदै आएको यस संस्था नतिजामा पनि अब्बल रहेको छ । दक्ष जनशक्ति, उच्च सुविधायुक्त कक्षाकोठा, उपकरणले भरिपूर्ण प्रयोगशाला, प्रशस्त पुस्तक तथा अन्य सामग्री रहेको पुस्तकालय आदि यस शैक्षिक संस्थाको आकर्षणका मुख्य कारण हुन् । शिक्षण सिकाइ क्रियाकलापमा आधुनिक शैली अपनाउने गरिएको छ । यहाँबाट उत्पादित हरेक विद्यार्थी आआफ्नो क्षेत्रमा स्थापित छन् । पढाइलाई सिपसँग जोड्नका लागि यस संस्थाले विभिन्न औद्योगिक प्रतिष्ठानसँग सहकार्य समेत गर्दै आइरहेको छ ।