• २१ असार २०८२, शनिबार

राजर्षी जनक विश्वविद्यालयको भवन निमार्ण गर्न माग

blog

प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी काँग्रेस नेता बिमलेन्द्र निधिलगायत। तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, असार २१ गते। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राजर्षी जनक विश्व विद्यालयको प्रशासनिक भवन निमार्ण गर्न माग गर्नुभएको छ। 

प्रेस युनियन धनुषाले जनकपुरधामस्थित नेपाली काँग्रेस धनुषाको पार्टी कार्यालयमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो माग गर्नु भएको हो। 

उहाँले भवन निमार्णका लागि विश्व विद्यालयको कोषमा आठ करोड भन्दा बढी रकम हुँदा हुँदै पनि विश्व विद्यालयको प्रशासनिक कामकाजका लागि विश्व विद्यालयले घर भाडामा लिनु राम्रो नभएको भन्दै आफ्नै प्रशासनिक भवन निमार्ण गरिनुपर्नेमा जोड दिनुभयो। 

उहाँले धनुषाको नगराइन नगरपालिकाको मनयारी स्थित रहेको गुठीको १३ बिघा जग्गामा प्रशासनिक भवन निमार्ण गर्न माग गर्नु भएको हो। सो जग्गाको सम्बन्धमा राजर्षी जनक विश्व विद्यालय र गुठठ्ी संस्थान बिचमा पनि सम्झौता भइसकेकोले निमार्णको काम तत्काल सुरु गराउने काममा सबैको भूमिका हुनु पर्नेमा निधिले जोड दिनुभयो। 

प्रेस युनियन धनुषाका अध्यक्ष राजनकुमार सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् प्रदेश सभा सदस्य राम सरोज यादव सहितकाले विश्वविद्यालयको प्रशासनिक भवन निमार्णको काममा अवरोध गर्न नहुने धारणा राख्नु भएको छ।