• १३ वैशाख २०८१, बिहिबार

सोलुखुम्बु प्रदेशसभा (ख) मा एमालेका राजभण्डारी विजयी

blog

सन्तोष राउत

सोलुखुम्बु, मङ्सिर ७ गते । सोलुखुम्बुको प्रदेश सभा (ख) मा नेकपा (एमाले) का बुद्धिकुमार राजभण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । राजभण्डारीले भारी मतान्तरका साथ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शिवबहादुर बस्नेत (राजेन्द्र) लाई पराजित गर्नुभएको हो । 

१९ हजार ४९५ मत खसेकोमा राजभण्डारीले १० हजार १२८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी  बस्नेतले ६ हजार ८१५ मत प्राप्त गर्नुभयो । एमालेको निवर्तमान प्रदेश सांसद राजभण्डारी यसअघि प्रमुख सचेतक हुनुहुन्थ्यो ।

सम्पन्न मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार महेश राना मगरले एक हजार ९०, राप्रपाका प्रेमहरि दाहालले ३४८, मङ्गोल नेशनल अर्गनाईजेसनका शान्तिामाया मगरले ८१ मत र नेमकिपाका कमलबहादुर मगरले ९० मत ल्याउनुभएको छ ।