• ५ वैशाख २०८१, बुधबार

लुम्बिनी प्रदेश सभा १ (क) मा पाठक निर्वाचित

blog

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हुनुभएका कांग्रेसका उमेदवार विश्वप्रेम पाठक । तस्बिर : गोपी ज्ञवाली

गोपी ज्ञवाली 

नवलपरासी, मङ्सिर ७ गते । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रेम पाठक विजयी हुनुभएको छ । नवलपरासीको लुम्बिनी प्रदेश सभा १ (क) बाट नेकपा (एमाले) का पुन्यप्रसाद पौडेललाई पछि पार्दै कांग्रेस उम्मेदवार पाठक निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दुर्गा भट्टराईले बताउनुभयो । 

मतगणना सुरु भएदेखि अग्रता लिनुभएका पाठकले आफ्ना प्रतिस्पर्धी पौडेललाई २ हजार १२० मतान्तरले पछि पार्दै विजयी हुनुभएको छ । पाठकले १५ हजार ४३६ मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी पौडेलले १३ हजार ३१६ मत पाउनुभयो । पाठक बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रूपमा उम्मेदवारी दिनुभएको थियो ।