धनुषा क्षेत्र २ 'ख' बाट जसपाका यादव निर्वाचित
धनुषा क्षेत्र नम्बर २ 'ख' बाट जनता समाजवादी पार्टीका उम्मेदवार रामअशिष यादव दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट १० हजार ६१४ मत प्राप्त गरी यादव दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
दाङ २ मा माओवादी नेत्री शर्मा विजयी, एमाले महासचिव पोखरेल पराजित
दाङ निर्वाचन क्षेत्र न २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्मासँग १९७ मतको मतान्तरले नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पराजित हुनुभएको छ ।
कञ्चनपुर क्षेत्र नं. ३ (क) बाट नेकपा (एस) का रावल विजयी
एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल दोस्रो पटक प्रदेश सभामा विजयी हुनुभएको छ । उहाँ कञ्चनपुर क्षेत्र नं. ३ को (क) बाट विजयी हुनुभएको हो ।
दाङ क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका न्यौपाने विजयी
दाङ क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका नेता प्रचण्डविक्रम न्यौपाने विजयी हुनुभएको छ । न्यौपानेले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गिरीराज केसीलाई सात सय २४ मत अन्तरले पराजित गर्दे विजयी हुनुभएको हो ।
गुल्मीमा भण्डारीको अग्रता कायमै
प्रतिनिधि सभाको गुल्मी क्षेत्र नम्बर १ मा गठबन्धका उम्मेदवार चन्द्र भण्डारीको अग्रता कायमै छ ।
पाँचथर प्रदेश सभा क बाट जवेगू विजयी
पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार कमलप्रसाद जवेगू विजयी हुनु भएको छ । नेकपा एमालेका राजकुमार भण्डारीलाइ ६ सय ३३ मत अन्तरले हराँउदै जवेगू प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।
धादिङ क्षेत्र नं २ (ख) मा राप्रपाका डम्बर तामाङ विजयी
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा राप्रपाका डम्बर तामाङ विजयी हुनुभएको छ ।
प्यूठानको प्रदेशसभा (क)मा एमाले र (ख) मा कांग्रेस विजयी
प्यूठानको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा (एमाले)का तुल्सिराम शर्मा विजयी हुनुभएको छ । उहाँले २० हजार २१० मत प्राप्त गरी विजयी हुनु भएको हो ।
बैतडी प्रदेश सभा (क) मा एमालेका पाल विजयी
प्रदेश सभा निर्वाचनमा बैतडी (क) बाट नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल १२ हजार ८३१ मत लिएर विजयी हुनु भएको छ ।
तनहुँ १ बाट छैटौँ पटक कांग्रेसका वरिष्ठ नेता पौडेल विजयी
तनहुँ–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारी मतान्तरले विजयी हुनुभएको छ । एमालेका एकबहादुर रानाभन्दा ५ हजार ३८८ मतान्तरले पौडेल विजयी हुनुभयो ।
दोब्बर मतान्तरले गोरखाबाट माओवादी अध्यक्ष प्रचण्ड विजयी
गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी हुनुभएको छ ।
रौतहट १ को (ख) मा कांग्रेसका यादव विजयी
रौतहट प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेशसभा (ख) बाट वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णाप्रसाद यादव विजयी हुनुभएको छ ।
प्रदेश सभामा दोस्रो पटक पुलामी विजयी
मकवानपुरको १ को (क) बाट लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रेमबहादुर पुलामी निर्वाचित हुनुभएको छ ।
बझाङबाट एकीकृत समाजवादीका जोशी विजयी
बझाङबाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य भानुभक्त जोशी निर्वाचित हुनुभएको छ ।
अछाम–१ को (ख) मा माओवादीका झपट साउँद विजयी
सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–१ को ‘ख’ मा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झपटबहादुर साउँद विजयी हुनुभएको छ ।
सुर्खेत १ (क) मा कांग्रेसका पोखरेल विजयी
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका खड्गबहादुर पोखरले विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेबाट उम्मेदवार बनेका ठम्मर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।
गोरखा–१ मा कांग्रेसका बजगाईँ विजयी
गोरखा–१ बाट वाम–गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका राजेन्द्र बजगाईँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
रुपन्देही २ (क) मा एमालेका गिरी दोस्रो पटक निर्वाचित
रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा एमालेका लीला गिरी निर्वाचित दोस्रो पटक हुनुभएको छ ।
दाङ ३ (ख) मा माओवादी केन्द्रका मास्की विजयी
दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्की विजयी हुनुभएको छ ।
गठबन्धनबाट कांग्रेसका समिम पुनः निर्वाचित
सप्तरी क्षेत्र नम्बर ३ को (क) तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका मोहम्मद समिम प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।
अछाम १ को (क) मा कांग्रेसका खड्का विजयी
सुदूरपश्चिम प्रदेश सभाको सदस्यमा अछाम–१ को (क) मा सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का विजयी हुनुभएको छ ।
ताप्लेजुङ (ख) मा कांग्रेसका हाङ्गामा निर्वाचित
ताप्लेजुङको निर्वाचन क्षेत्र (ख) मा नेपाली कांग्रेसका उम्मेदवार खगेनसिंह हाङ्गामा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का प्रत्याशी गोपाल थोप्रालाई पराजित गर्दै हङ्गामा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
पाल्पा १ प्रदेशसभा (क) मा एमालेका श्रेष्ठ विजयी
प्रदेश सभा सदस्यतर्फको पाल्पा क्षेत्र नम्बर १ (क) मा नेकपा (एमाले) का राजुप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठ १७ हजार ६२४ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पर्वतमा प्रतिनिधि सभा र प्रदेशका दुवै स्थानमा एमाले विजयी
जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत एमाले विजयी भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभाको अन्तिम परिणाम अनुसार तीनै स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।