• १६ चैत २०८०, शुक्रबार

दाङ ३ (ख) मा माओवादी केन्द्रका मास्की विजयी

blog

दाङ निर्वाचन ३(ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित धनबहादुर मास्की । तस्बिर : लिलाधर वली

लिलाधर वली
घोराही मङसिर ८ गते ।
 दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्की विजयी हुनुभएको छ ।

गठबन्धनका साझा उम्मेदवार मास्कीले २२ हजार ३२१ मत प्राप्त गरेर विजयी हुनुभएको हो । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहनुभएका मास्कीले नेकपा एमाले दाङका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतलाई दुई हजार १६३ मतान्तरले पराजित गर्नुभएको छ ।

पराजित बस्नेतले २० हजार १५८ मत प्राप्त गर्नुभएको छ । २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा नेकपा एमालेका उत्तरकुमार वली विजयी हुनुभएको थियो ।