कैलाली २ (क) मा कांग्रेसका शाह विजयी
कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा क बाट नेपाली काँग्रेसका उम्मेदवार कमलबहादुर शाह विजयी हुनुभएको छ ।
सिन्धुपाल्चोक २ (ख) मा कांग्रेसका तामाङ विजयी
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ख मा कृष्णकुमार तामाङ निर्वाचित हुनुभएको छ। नेकपा एमालेका उम्मेदवार हस्त बहादुर पण्डितलाई १ हजार ५ सय ५ मतले पराजित गर्दै उहाँ विजय हुनुभएको हो ।
तेह्रथुम प्रदेशसभा (ख) मा माओवादीका दुर्गा चापागाईँ विजयी
तेह्रथुम प्रदेशसभा (ख) मा (नेकपा माओवादी केन्द्र) का दुर्गाप्रसाद चापागाईँ प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । ३९४ मतान्तरले प्रदेश सभा सदस्यमा चापागाईँ विजयी हुनुभएको हो ।
रुकुम पश्चिमबाट अर्थमन्त्री शर्मा चौथो पटक विजयी
अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट चौथो पटक निर्वाचित हुनुभएको हो ।
पाँचथरबाट पुनः एमालेका नेम्बाङ विजयी
मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएसँगै पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार वसन्तकुमार नेम्बाङ विजयी हुनु भएको छ ।
सङ्खुवासभा प्रदेशसभा (क) मा माओवादी केन्द्रका राजेन्द्र कार्की विजयी
सङ्खुवासभा प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजेन्द्र कार्की विजयी हुनुभएको छ ।
लामिछानेविरुद्ध उजुरी क्षेत्राधिकार बाहिर : आयोग
चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय निर्वाचन आयोगको क्षेत्राधिकारमा नपर्ने भएको छ। निर्वाचन परिणाम प्रकाशित भइसकेपछि उम्मेदवारको अयोग्यतासम्बन्धी उजुरीको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने आयोगले जनाएको छ।
सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी
सर्लाहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ ।
उद्योगपति विनोद चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित
चर्चित उद्योगपति विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर (पश्चिम) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
बर्दिया–१ प्रतिनिधि सभामा सञ्जयकुमार गौतम विजयी
बर्दिया–१ प्रतिनिधि सभामा नेपाली कांग्रेसका सञ्जयकुमार गौतम विजयी हुनु एको छ ।
रुपन्देही २ (ख) मा एमाले नेता श्रेष्ठ निर्वाचित
रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेकपा (एमाले) का भोजप्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ। उहाँले १६ हजार ३ सय मत प्राप्त गरी विजयी हुनुभएको हो ।
कैलाली क्षेत्र नं २ (ख) मा नागरिक उन्मुक्तिका रामेश्वर विजयी
कैलाली क्षेत्र नम्बर २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरीले दश हजार ६६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का डेजी पाँण्डेले छ हजार ९१२ मत पाउनुभयो ।
फराकिलो मतान्तरले कांग्रेस उपसभापति खड्का विजयी
सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ। उहाँ ११ हजार ६१९ मतान्तरले खड्का विजयी हुनुभएको हो।
बैतडीबाट एमाले नेता भण्डारीले गर्नुभयो जितको ह्याट्रिक
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीबाट नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी विजयी हुनुभएको छ । संसदीय राजनीतिमा भण्डारीको बैतडीबाट लगातार यो तेस्रो जित हो । उहाँले जितमा ह्याट्रिक गर्नुभएको छ ।
कञ्चनपुर-१ मा एमालेका तामाङ विजयी
कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का तारा लामा तामाङ विजयी हुनुभएको छ।
पूर्वी नवलपरासी २ मा कांग्रेसका विष्णुकुमार कार्की विजयी
पूर्वी नवलपरासी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी हुनुभएको छ।
रौतहट २ प्रदेश सभा (ख) मा एसका पटेल निर्वाचित
रौतहट निर्वाचन क्षेत्र २ (ख) मा नेकपा (एस) का कनिश पटेल निर्वाचित हुनुभएको छ । पटेलले १० हजार ४४२ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सभा सदस्य एवम् जसपाका उम्मेदवार रामकिशोर यादवले १० हजार ३३ मत प्राप्त गर्नुभयो ।
डोटीमा प्रत्यक्षतर्फ ८ हजार ६२० मत बदर
डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रामा मत बदर भएको पाइएको हो ।
सत्ताको मोलमोलाइ अब सुरु हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन परिणामले मुलुकमा स्थिरता कायम नहुने र सत्ताको लागि मोलमोलाइ सुरु हुने बताउनुभएको छ । निर्वाचन परिणामको ट्रेन्डले मुलुकमा राजनीतिक स्थिरता हुने संकेत नदेखिएको उहाँको भनाइ छ ।
कपिलवस्तु १ प्रदेशसभा (क) मा एमालेका पन्थी विजयी
कपिलवस्तु १ (क) प्रदेश सभा सदस्य पदमा नेकपा (एमाले) का विष्णु पन्थी विजयी हुनुभएको छ । पन्थीले नेपाली कांग्रेसका डोलकराम घिमिरेलाई ४ हजार ४५० मतान्तरले पराजित गर्नुभएको हो ।
इलाम क्षेत्र २ को (ख) मा एमालेका राना वियजी
इलाम क्षेत्र नं २ को (ख) मा प्रदेश सभाका लागि नेकपा (एमाले) का रामबहादुर रानामगर विजयी हुनुभएको छ । रानाले उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार हर्क लावती (कान्छा) लाई २५ सय ७८ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
सप्तरी १ (ख) मा जनमतका मियाँ विजयी
सप्तरी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा जनमत पार्टीबाट उम्मेद्वार रहनुभएका सकिल मियाँ विजयी हुनुभएको छ । मिया १६ हजार एक सय ५५ मत ल्याएर निर्वाचित हुनुभयो ।
म्यादी प्रहरीको बिदाइ (फोटो फिचर)
प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भर्ना गरिएको म्यादी प्रहरीको बिदाइ गरिएको छ ।
सर्लाही ३ (क) मा स्वतन्त्र उम्मेदवार कुशवाहा विजयी
र्लाहीको क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहर लाल कुशवाहा विजयी हुनुभएको छ ।