• १२ वैशाख २०८१, बुधबार

कञ्चनपुर-१ मा एमालेका तामाङ विजयी

blog

तारा लामा तामाङ । फाइल तस्बिर

लक्ष्मणदत्त पन्त

महेन्द्रनगर, मङ्सिर ८ गते। कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी हुनुभएको छ । तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गर्नुभएको हो।

तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गर्नुभएको छ। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो।