• १५ वैशाख २०८१, शनिबार

उद्योगपति विनोद चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

blog

काठमाडौं, मङ्सिर ९ गते । चर्चित उद्योगपति विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर  (पश्चिम) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

नेपाली कांग्रेसका उम्मेदवार चौधरी सात हजार १५१ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँले २९ हजार ४५९ मत प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गर्नुभएको छ । त्रिपाठी यसअघिको निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँलाई नेकपा (एमाले) को समर्थन थियो ।  सो क्षेत्रमा नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले १२ हजार ४९९ मत प्राप्त गर्नुभएको छ ।