• १६ चैत २०८०, शुक्रबार

इलाम क्षेत्र २ को (ख) मा एमालेका राना वियजी

blog

प्रदेशसभा सदस्यका लागि इलाम क्षेत्र नं २ को (ख) मा निर्वाचित एमालेका उम्मेदवार रामबहादुर राना मगर । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, मङ्सिर ८ गते । इलाम क्षेत्र नं २ को  (ख) मा प्रदेश सभाका लागि नेकपा (एमाले) का रामबहादुर रानामगर विजयी हुनुभएको छ । रानाले उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार हर्क लावती (कान्छा) लाई २५ सय ७८ मतले पछि पार्दै विजयी हुनुभएको हो । 

रानाले १३ हजार ७५४ मत प्राप्त गर्नुभएको छ । लावतीले भने ११ हजार एक सय ७६ मत प्राप्त गर्नुभएको छ । निर्वाचित राना अघिल्लो पटक पनि प्रदेशसभा सदस्यमै क्षेत्र नं २ को (क) बाट निर्वाचित हुनुभएको थियो । 

राना प्रदेश १ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री समेत हुनुभएको थियो । एमालेको निवर्तमान अध्यक्ष राना अहिले एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।