झापा क्षेत्र ४ (क) मा एमालेका खनाल निर्वाचित
झापा क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) मा नेकपा (एमाले) का राधाकृष्ण खनाल निर्वाचित हुनुभएको छ ।
सुनसरी क्षेत्र १ (क) मा एमालेका बस्नेत विजयी
सुनसरी क्षेत्र न १ को प्रदेशसभा (क) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी हुनुभएको छ ।
महोत्तरी ३ मा लोसपाका अध्यक्ष ठाकुर विजयी
महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ ।
उदयपुर १ को (ख) मा कांग्रेसका कार्की विजयी
उदयपुरको निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की निर्वाचित हुनुभएको छ ।
कालीकोटमा माओवादी केन्द्रका शाही निर्वाचित
कालीकोटको एक मात्र प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार महेन्द्रवहादुर शाही निर्वाचित हुनुभएको छ ।
मोरङ ६ (क) मा माओवादीका जीवन आचार्य विजयी
मोरङको निर्वाचन क्षेत्र नं.६ (ख) मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका माओवादी केन्द्रका नेता जीवन आचार्य १९ हजार ४५५ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
मोरङ ६ (ख) मा सत्ता गठबन्धनका कार्की विजयी
मोरङको निर्वाचन क्षेत्र नं. ६ (ख) बाट प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की विजयी हुनु भएको छ ।
कालीकोट १ (ख) मा कांग्रेसका विष्ट निर्वाचित
कालीकोट निर्वाचन क्षेत्र १ प्रदेश (ख) मा नेपाली कांग्रेसका हिक्मतवहादुर विष्ट निर्वाचित हुनुभएको छ । उहाँ सात हजारभन्दा बढी मतले निर्वाचित हुनुभएको हो ।
गुल्मी १ को (क) मा एमालेका पाण्डे निर्वाचित
गुल्मी जिल्ला क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नेकपा (एमाले) का चिन्तामणि पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले १५ हजार १२७ मत ल्याएर प्रदेश सभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिनुभयो ।
कैलालीमा नागरिक उन्मुक्ति पार्टी बन्यो ठूलो दल
स्थापनाको नौ महिनामा आमनिर्वाचन लडेको नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टीलाई पछाडि पार्दै कैलालीमा ठूलो दल बनेको छ।
सङ्खुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित
प्रतिनिधि सभातर्फ सङ्खुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का निर्वाचित हुनुभएको छ ।
सिराहा –४ मा जसपाका महतो विजयी
सिराहा–४ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ । उहाँले २४ हजार १०२ मत प्राप्त गरी विजयी हुनुभयो ।
गुल्मी १ को (ख) मा कांग्रेसका धनेन्द्र कार्की निर्वाचित
गुल्मी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित हुनुभएको छ।
सिराहा–१ मा एमालेका रामशङ्कर यादव विजयी
सिराहा–१ मा नेकपा (एमाले) का उम्मेदवार रामशङकर यादव निर्वाचित हुनुभएको छ ।
स्याङ्जा क्षेत्र नं. १ (ख) बाट एमालेका सुधिर विजयी
स्याङ्जा जिल्लाको क्षेत्र नं. १ को प्रदेश सभा सदस्य (ख) बाट नेकपा (एमाले) का सुधिरकुमार पौडेलले जित निकाल्नु भएको छ ।
सिराहा–३ मा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित
सिराहा–३ बाट पूर्वमन्त्री लीलानाथ श्रेष्ठ विजयी हुनुभएको छ । एमालेका उम्मेदवार पूर्व कानुन न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरी विजयी हुनुभयो ।
स्याङ्जा क्षेत्र नं. १ मा कांग्रेसका राजु थापा विजयी
मङ्सिर ४ गते भएको निर्वाचनमा स्याङ्जा क्षेत्र नं. १ मा नेपाली काग्रेसका राजु थापा विजयी हुनुभएको छ ।
निर्वाचन अपडेटः २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित
प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
सप्तरी ४ (क) प्रदेशसभा सदस्यमा एसका न्यौपाने निर्वाचित
सप्तरी क्षेत्र ४ को (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोविन्दबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँले एमाले जसपा गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार रहनुभएका बालकृष्ण चौधरी थारुलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।
पाल्पा १ (ख) बाट एमालेका सारु विजयी
पाल्पा क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार खेमबहादुर सारु निर्वाचित हुनुभएको छ । सारु १४ हजार २९४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय रामपुरले जनाएको छ ।
धनुषा १ (ख) प्रदेशसभा सदस्यमा एमालेका मण्डल निर्वाचित
धनुषा क्षेत्र १ को (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार रहनुभएका सञ्जयकुमार सिंहलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।
काठमाडौं १ का निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण (फोटो फिचर)
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
धनुषा ३ (ख) प्रदेशसभा सदस्यमा एमालेका ठाकुर निर्वाचित
धनुषा निर्वाचन क्षेत्र नं. ३ को (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र ठाकुर निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार रहनु भएका परमेश्वर साहभन्दा एक हजार ४०३ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।
पाल्पा क्षेत्र नम्बर १ मा एमालेका नारायणप्रसाद आचार्य विजयी
पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी हुनुभएको छ।