शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                जीबछ यादव
लहान, मङ्सिर ९ गते । सिराहा–४ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ । उहाँले २४ हजार १०२ मत प्राप्त गरी विजयी हुनुभयो ।
उहाँलाई जनमत पार्टीका उम्मेदवार बिरेन्द्रप्रसाद साहले १६ हजार २१४ मत ल्याई दोस्रो स्थान प्राप्त गर्नुभयो । सो क्षेत्रबाट गठबन्धनका एकीकृत समाजवादी पार्टीका उम्मेदवार धर्मनाथप्रसाद साह तेस्रो स्थान प्राप्त गर्नुभयो ।