• १६ चैत २०८०, शुक्रबार

गुल्मी १ को (क) मा एमालेका पाण्डे निर्वाचित

blog

तिलाचन पाण्डे

तम्घास, मंसिर ९ गते । गुल्मी जिल्ला क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नेकपा (एमाले) का चिन्तामणि पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले १५ हजार १२७ मत ल्याएर प्रदेश सभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका सुदर्शन बरालले १४ हजार २६३ मत ल्याएर पराजित हुनुभयो । पाण्डे ८६४ मतान्तरले विजयी हुनुभएको हो । 

पाण्डेसँग पराजित बराल २०६४ मा गुल्मी १ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । बराल २०७४ सालमा बाम गठबन्धनबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।