• १२ साउन २०८१, शनिबार

धनुषा ३ (ख) प्रदेशसभा सदस्यमा एमालेका ठाकुर निर्वाचित

blog

धर्बेन्द्र झा

धनुषा, मङ्सिर ९ गते । धनुषा निर्वाचन क्षेत्र नं. ३ को (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र ठाकुर निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार रहनुभएका परमेश्वर साहभन्दा एक हजार ४०३ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । 

एमालेका उम्मेदवार ठाकुरले आठ हजार २२० मत ल्याउनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी साहले ६ हजार ८१७ मत ल्याउनुभयो । मधेश प्रदेशको राजधानी रहेको जनकपुरधामको यस क्षेत्रमा कम्युनिष्टले यसअघि जित गरेका थिएनन् । 

काँग्रेसको गढ मानिएको यस क्षेत्रमा जित हात पार्दै एमालेका उम्मेदवार ठाकुरले प्रदेशको नीति निर्माण र जनकपुरधामको समग्र विकासका लागि इमानदारीपूर्वक काम गर्ने बताउनुभयो । प्रतिनिधिसभातर्फ पनि  धनुषा क्षेत्र नं.३ मा एमालेका उम्मेदवार जुलीकुमारी महतो विजयी भइसक्नुभएको छ ।