• ६ वैशाख २०८१, बिहिबार

कालीकोट १ (ख) मा कांग्रेसका विष्ट निर्वाचित

blog

प्रेमराज सिम्खडा

कालीकोट मङ्सिर ९ गते । कालीकोट निर्वाचन क्षेत्र १ प्रदेश (ख) मा नेपाली कांग्रेसका हिक्मतवहादुर विष्ट निर्वाचित हुनुभएको छ । उहाँ सात हजारभन्दा बढी मतले निर्वाचित हुनुभएको हो ।  

गठबन्धनबाट निर्वाचित विष्टले १३ हजार ७८३ मत प्राप्त गर्नुभयो । उहाँले नेकपा (एमाले) का बिरेन्द्रबहादुर वोगटीलाई ७ हजार ९४४ मतान्तरले पराजित गर्नुभयो । एमालेका वोगटीले पाँच हजार ८३९ मत प्राप्त गर्नुभयो । प्रदेश सभामा निर्वाचित विष्ट अधिबक्ता पनि हुनुहुन्छ ।