पाल्पा २(ख)मा माओवादीका घर्तीमगर विजयी
पाल्पा क्षेत्र नं. २ (ख)मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तुलाराम घर्तीमगर विजयी हुनुभएको छ । घर्तीले १३ हजार ९६६ मत ल्याउनुभएको छ ।
सुनसरी १ को (क)मा एमालेका रमेश बस्नेत विजयी
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट नेकपा (एमाले) रमेश बस्नेत विजयी हुनुभएको छ ।
कैलाली २ मा नागरिक उन्मुक्तिका चौधरी निर्वाचित
नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यका लागि कैलालीबाट तेस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुनकुमार चौधरी विजयी हुनुभएको छ ।
पाल्पा –२ मा एमालेका ठाकुर गैरे निर्वाचित
पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का ठाकुर गैरे निर्वाचित हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै गैरे विजयी हुनुभएको हो ।
सप्तरी–२ मा हरेक पटक नयाँ इतिहास
मङ्सिर ४ को निर्वाचनसम्म धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यसपटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो निर्वाचनमा पनि नयाँ अनुहारको विजय भयो ।
डा. शेखर कोइराला फराकिलो अन्तरले विजयी
डा. शेखर कोइरालाको संसदीय यात्रा सुरु भएको छ। चिकित्सा पेसाबाट राजनीतिमा आउनुभएका कोइराला कांग्रेसभित्र प्रभावशाली नेतामध्ये एक हुनुहुन्छ।
काभ्रेपलाञ्चोक २ मा एमालेका गोकुल बाँस्कोटा विजयी
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा विजयी हुनुभएको छ ।
मोरङ ५ (क)मा कांग्रेसका मण्डल र (ख)मा अर्याल विजयी
मोरङ क्षेत्र नं. ५ (क)मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी हुनुभएको छ । उहाँले १४ हजार ८४३ मत प्राप्त गर्नुभएको छ ।
मोरङ ५ मा स्वतन्त्र उम्मेदवार मण्डल विजयी
मोरङको निर्वाचन क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी हुनुभएको छ । उहाँले वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डललाई चार हजार ३३४ मतान्तरले पराजित गर्नु भएको हो ।
पश्चिम नवलपरासी १ (ख) मा कांग्रेसका देवकरण कलवार विजयी
पश्चिम नवलपरासीका प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (ख)मा नेपाली कांग्रेसका देवकरण कलवार विजयी हुनुभएको छ ।
गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी
निर्वाचन क्षेत्र नम्बर १ गुल्मीमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी हुनुभएको छ ।
मोरङ ४ (ख) मा कांग्रेसका भीम पराजुली विजयी
प्रदेशसभा सदस्यअन्तर्गत मोरङ ४ (ख) मा नेपाली कांग्रेसका भीम पराजुली विजयी हुनुभएको छ ।
नवलपरासी २ मा राप्रपाका ध्रुवबहादुर प्रधान विजयी
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी हुनु भएको छ ।
युवामा राजनीतिक आकर्षण रहेको निर्वाचनबाट पुष्टि : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा राजनीतिक आकर्षण नरहेको भन्ने विषयलाई अहिलेको निर्वाचनले चिरेको बताउनुभएको छ ।
उदयपुर १ को (क)मा माअाेवादी केन्द्रका राजन किराँती विजयी
उदयपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजन किराँती १५ हजार ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
प्रदेश सभामा सुनसरी २ (क) मा एमालेका भण्डारी विजयी
सुनसरीको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) तर्फ नेकपा (एमाले) का रेवतीरमण भण्डारी विजयी हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका द्वारिकालाल चौधरीलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
बर्दिया–१ (ख) मा उन्मुक्तिका राजकुमार चौधरी विजयी
बर्दिया–१ प्रदेश सभा (ख) मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले नेकपा (एमाले) का भक्तबहादुर विश्वकर्मालाई एक हजार ४३ को मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
नवलपरासी २ (ख) मा कांग्रेसका कलवार निर्वाचित
पश्चिम नवलपरासीको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बैजनाथ कलवार निर्वाचित हुनु भएको छ ।
कास्की १ (क) मा एमालेका खगराज अधिकारी विजयी
कास्की निर्वाचन क्षेत्र नम्बर १ को (क) मा नेकपा (एमाले)का खगराज अधिकारी विजयी हुनुभएको छ । अधिकारीले नेकपा (माओवादी केन्द्र)का दिपक कोइरालालाई तीन हजार ९९६ मतले पछि पार्दै विजयी बन्नुभएको हो ।
कैलाली–५ प्रदेश सभा (क) बाट माओवादीका धामी निर्वाचित
कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रदेश सभा (क) बाट नेकपा (माओवादी केन्द्र) का रमेश धामी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
कास्की १ मा एमालेका मनबहादुर विजयी
कास्की १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का मनबहादुर गुरुङ विजयी हुनुभएको छ ।
हुम्ला प्रदेशसभा (क) माओवादीका परियार विजयी
हुम्लाको प्रदेशसभा (क) मा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार विजयी हुनु भएको छ ।
मोरङ ३ (क)मा कांग्रेसका मानबहादुर लिम्बू विजयी
मोरङ ३ (क)मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बू विजयी हुनुभएको छ । लिम्बूले १८ हजार २८६ मतका साथ विजयी हुनु भएको हो ।
मोरङ १ (क) मा एमालेका गौतम विजयी
प्रदेश सभा सदस्य अन्तर्गत मोरङ १ (क) मा नेकपा एमालेका उम्मेदवार उमाकान्त गौतम विजयी हुनुभएको छ । मोरङ १ को निर्वाचन अधिकृतको कार्यालय उर्लाबारीले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार गौतम १३ हजार ५३१ मत प्राप्त गरी विजयी हुनु भएको हो । ५८ वर्षीय गौतम उर्लाबारी–८ का पुराना कम्युनिस्ट भित्र पर्नुहुन्छ ।