• २० मंसिर २०७९, मङ्गलबार

बर्दिया–१ (ख) मा उन्मुक्तिका राजकुमार चौधरी विजयी

blog

बर्दिया –१ प्रदेश सभा (ख) मा विजयी भएपछि मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीबाट प्रमाणपत्र बुझ्दै नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी । तस्बिर : मुकुन्द सुवेदी

मुकुन्द सुवेदी

बर्दिया, मंसिर ९ गते । बर्दिया–१ प्रदेश सभा (ख) मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले नेकपा (एमाले) का भक्तबहादुर विश्वकर्मालाई एक हजार ४३ को मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । 

नागरिक उन्मुक्ति पार्टीका चौधरीले १३ हजार २३० मत प्राप्त गर्दा एमालेका विश्वकर्माले १२ हजार १८३ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  त्यस्तै, बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अञ्जु दहितले ११ हजार ४९० मत पाउनुभयो ।