• ७ वैशाख २०८१, शुक्रबार

काभ्रेपलाञ्चोक २ मा एमालेका गोकुल बाँस्कोटा विजयी

blog

केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, मङ्सिर ९ गते ।
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा विजयी हुनुभएको छ ।नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंलाई पाँच हजार ८६३ मतले पछि पार्दै बाँस्कोटा प्रतिनिधिसभा २ बाट दोस्रो पटक विजयी हुनुभएको छ ।

बाँस्कोटाले ४५ हजार ३४५ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका हुमागााईंले ३९ हजार ४८२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३, राप्रपाका यशु आलेमगरले एक हजार ९३३, नेमकिपाका कृष्णकुमार बैद्यले ८०२, जनता समाजवादी पार्टी नेपालका सिद्धिबहादुर जोशीले १६२, स्वतन्त्र उम्मेदवार स्वयम्भूराज शाक्यले ११५, स्वतन्त्र उम्मेदवार मनोज पण्डितले १७३, स्वतन्त्र उम्मेदवार शेषराज लामिछानेले एक सय मत प्राप्त गर्नुभयो ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेलिनवादी) का योकबहादुर घिसिङले ९९, नेपाल नौलो जनवादी पार्टीका गङ्गालाल श्रेष्ठले एक सय, मङ्गोल नेशनल अर्गनाइजेशनका उत्तरकुमार लामाले ८६ मत, स्वतन्त्र उम्मेदवार बोधनाथ न्यौपानेले ८३, स्वतन्त्र कृष्ण खत्रीले ४५ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विजय तामाङले ३५ मत प्राप्त गर्नुभएको छ ।

विसं.२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँस्कोटाले कांग्रेसका मधुप्रसाद आचार्यलाई १८ हजार ७७३ मतले पराजित गर्नुभएको थियो । अघिल्लो पटक बाँस्कोटाले ५५ हजार ५२६ मत र आचार्यले ३६ हजार ७५३ मत ल्याउनुभएको थियो ।