• १६ चैत २०८०, शुक्रबार

महोत्तरी २ मा शरदसिंह भण्डारी विजयी

blog

महोत्तरीबाट विजयी शरदसिंह भण्डारी। तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर ९ गते। महोत्तरी क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक  समाजवादीका शरदसिंह भण्डारी विजयी हुनुभएको छ। 

सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का डा. विजयकुमार सिंहलाई दोब्बर मतले पराजित गर्नुभएको हो। भण्डारी र सिंहबीचको मतान्तर १४ हजार ७० मत छ। 

भण्डारीले पच्चीस हजार १९० मत प्राप्त गर्नुभएको छ। पराजित सिंहले एघार हजार १२० मत ल्याउनुभएको छ। नेकपा (एमाले)का डा. रामपरीक्षण यादवले १० हजार २५८ मत ल्याउनुभएको छ। 

महोत्तरीको क्षेत्र नम्बर २ बाट भण्डारी दोस्राे पटक विजयी हुनुभएको हो। उहाँ २०७४ को निर्वाचनमा समेत विजयी हुनुभएको थियो।