• १५ वैशाख २०८१, शनिबार

पाल्पा –२ मा एमालेका ठाकुर गैरे निर्वाचित

blog

रेखीराम राना

पाल्पा, मङ्सिर ९ गते । पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का ठाकुर गैरे निर्वाचित हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै गैरे विजयी हुनुभएको हो । 

गैरेले २७ हजार ८१७ मत ल्याउनुभयो । गैरेको जितसँगै यसअघि चार पटक सांसद हुनुभएका पाण्डेयको संसदीय राजनीतिमा ब्रेक लागेको छ । प्रतिस्पर्धी पाण्डेयले २३ हजार ८५१ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो ।