• १३ वैशाख २०८१, बिहिबार

पश्चिम नवलपरासी १ (ख) मा कांग्रेसका देवकरण कलवार विजयी

blog

गोपी ज्ञवाली
नवलपरासी, मङ्सिर ९ गते ।
पश्चिम नवलपरासीका प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (ख)मा नेपाली कांग्रेसका देवकरण कलवार विजयी हुनुभएको छ ।

जनमत पार्टीका असरफअली चुरियारलाई एक हजार १९८ मतान्तरले पछि पार्दै कांग्रेसका उमेदवार कलवार विजयी हुनुभएको निर्वाचन अधिकृत दुर्गा भट्टराईले बताउनुभएको छ ।

कलवाले ११ हजार २८४ मत पाउनुभएको छ भने चुरियारले नौ हजार ८६ मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रभान कोइरीले चार हजार २९८ मत प्राप्त गर्नुभएको छ ।