• १६ चैत २०८०, शुक्रबार

हुम्ला प्रदेशसभा (क) माओवादीका परियार विजयी

blog

राजन रावत
हुम्ला मङ्सिर ९ गते ।
 हुम्लाको प्रदेशसभा (क) मा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार विजयी हुनु भएको छ । उहाँले नेपाली कांग्रेसका बागी उम्मेदवार मंगलबहादुुर शाहीलाई पछि पार्दै विजयी हुनु भएको हो ।

मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले शुक्रबार बिहान प्रदेशसभा (क) मा माओवादीका परियारले एक हजार ८५१ मत अन्तरमा विजयी हुनुभएको जानकारी दिनुभयो ।  परियारले छ हजार ४८१ मत प्राप्त गर्नु भएको छ भने उहाँले निकटतम प्रतिद्वन्द्वी शाहीले चार हजार ६३० मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, नेकपा (एमाले)का दल फडेराले दुई हजार ९९ मत प्राप्त गर्नु भएको छ भने नेकपा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ मत, राप्रपाका छापे ऐडीले ११७ मत प्राप्त गर्नु भएको छ भने ३३२ मत बदर भएका छन् ।