कपिलवस्तु २ कांग्रेसका आचार्य विजयी
धनुषाको निर्वाचन क्षेत्र ४ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादव विजयी हुनुभएको छ । उहाँले १४ हजार ५५ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो ।
सप्तरी ४ मा कांग्रेसका चौधरी निर्वाचित
सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार तेजुलाल चौधरी निर्वाचित हुनु भएको छ। उहाँ लगातार तेस्रो पटक सोही क्षेत्रबाट जित्नु भएको हो।
हुम्ला [ख] बाट शाही निर्वाचित
जीवनबहादुर शाहीले दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको छ । शाही हुम्ला क्षेत्र न. २ बाट निर्वाचित हुनु भएको छ ।
महोत्तरी ४ बाट काँग्रेसका राय विजयी
महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । रायले जनता समाजवादी पार्टीका डा सुरेन्द्रकुमार यादवलाई चार हजार बढी मतले पछि पार्दै विजयी हुनु भएको हो ।
तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी
तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
मोरङ ३(ख) मा एमालेका ज्ञानेन्द्र सुवेदी विजयी
मोरङको निर्वाचन क्षेत्र नं. ३ (ख) मा नेकपा एमालेका ज्ञानेन्द्र सुवेदी १७ हजार ४२८ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
काभ्रेपलान्चोक १ मा माओवादीका सूर्यमान दोङ विजयी
काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा १ मा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङ (दोङ) विजयी हुनु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रेसमबहादुर लामालाई तीन हजार ९२८ मतान्तरले पराजित गर्दै दोङ निर्वाचित हुनु भएको हो ।
नुवाकोट २ बाट काँग्रेस नेता केसी विजयी
प्रतिनिधि सभा सदस्यमा नुवाकोट २ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी निर्वाचित हुनु भएको छ । केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी हुनु भएको हो ।
सङ्खुवासभा (ख) मा एमालेका लिङ्थेप विजयी
सङ्खुवासभा प्रदेश सभा (ख) तर्फ नेकपा एमालेका उम्मेदवार विदुर लिङ्थेप निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार सरिता थापालाई २४० मत अन्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो ।
बुढीनन्दा पाँचमा मतदान सुरु
जिल्लाको बूढीनन्दा नगरपालिका –५ मा स्थगित भएको मतादन सुरु भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपामा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबिच फर्जिमत खसालेको विषयलाई लिएर झडप भएपछि सो मतदान स्थलमा मतदान गर्ने कार्य स्थगित भएको थियो ।
चितवन ३ मा राप्रपाका पाण्डे विजयी
चितवन ३ बाट राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार विक्रम पाण्डे प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएकोमा छ । निर्माण व्यवसायी पाण्डेले खसेको ९४ हजार २८० मत मध्ये ३५ हजार ५५ मत प्राप्त गर्नुभएको छ ।
मतपरिणाम आउनेक्रम जारी
आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। शुक्रबार सार्वजनिक भएको मतपरिणामअनुसार प्रतिनिधि सभा सदस्यमा विभिन्न राजनीतिक दलका उम्मेदवारले विजय हासिल गर्नुभएको छ। महोत्तरी समाचारदाता महेशकुमार दासका अनुसार महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ।
चितवन ३ (ख) बाट माओवादीका ढकाल
चितवन क्षेत्र नम्बर ३ (ख) वाट नेकपा (माओवादी केन्द्र)का ठाकुर ढकाल निर्वाचित हुनुभएको छ । माडी नगर पालिकाका पूर्व मेयर ढकालले १५ हजार ४६१ मत ल्याएर निर्वाचित हुनु भएको हो ।
घनश्याम भुसाललाई ३५ सय मतले हराउँदै एमालेका विश्वकर्मा विजयी
रुपन्देहीको १ मा नेकपा (एमाले)का छविलाल विश्वकर्मा विजयी हुनुभएको छ। उहाँले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाल भन्दा ३ हजार ५ सय ६४ बढी मतले विजयी हुनुभएको हो ।
मोरङ ३ बाट कांग्रेसका शर्मा विजयी
मोरङ ३ मा नेपाली कांग्रेसका उम्मेदवार डाक्टर सुनिलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी हुनु भएको छ ।
प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व न्यून
प्रतिनिधि सभामा प्रमुख राजनीतिक दलले प्रत्यक्षतर्फ महिला उम्मेदवार खडा गर्न कन्जुस्याइँ गर्दै उठाएका थोरै महिला उम्मेदवारमा पनि अधिकांश पराजित भएका छन्। निकै कम मात्र महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाइएकोमा जितको प्रतिशत पनि न्यून छ। शुक्रबारसम्म प्रत्यक्षमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका सात जना निर्वाचित भएका छन्। कांग्रेसबाट अहिलेसम्म एक जना पनि महिला उम्मेदवार निर्वाचित भएका छैनन्। एकीकृत समाजवादी र राप्रपाका महिला उम्मेदवार पनि जितविहीन छन्। कांग्रेसका दुई महिला उम्मेदवार भने अहिले पनि प्रतिस्पर्धामै छन्।
सिरहा–२ मा राजकिशोर यादव विजयी
जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
नेतालाई दिए भोट , युवा हिँडे कमाउन नोट
पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गह्रुँगो मनले हात हल्लाए। सङ्खुवासभा, बानाका द्रोण कोइरालाले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गह्रुँगो बनाउँदै। यही मङ्सिर ४ मा भएको आमनिर्वाचनको सरगर्मीमा रमाउँदै उहाँ आफ्नो कर्मथलोतर्फ लाग्नुभएको हो। कोइरालासँगै खाडी मुलुक जाने अन्य युवा श्रमिक पनि त्यसरी नै हात हल्लाउँदै विमानस्थलभित्र पसे। सबैका आँखा रसिला थिए, व्यथा एउटै थियो। परिवारसँगै बसेर रोजगारी गर्ने चाहना हुँदाहुँदै केही उपाय नदेखेपछि घरव्यवहार चलाउन उनीहरू विदेशी भूमिमा पसिना बगाउन हिँडेका थिए।
मधेश प्रदेशमा मिश्रित परिणाम
प्रतिनिधि सभा निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ। मधेश प्रदेशमा कतिपय नयाँ अनुहार विजयी हुनुभएको छ भने कतिपय उच्च तहका नेतासमेत पराजित हुनुभएको छ। त्यस्तै बर्दिबास समाचारदाताका अनुसार महोत्तरी क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादीका शरत्सिंह भण्डारी निर्वाचित हुनुभएको छ। सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का डा. विजयकुमार सिंहलाई दोब्बर बढी मतले पराजित गर्नुभएको छ। भण्डारी र सिंहबीचको मतान्तर १४ हजार ७० मत छ। भण्डारीले २५ हजार १९० मत प्राप्त गर्नुभएको छ। पराजित सिंहले ११ हजार १२० मत ल्याउनुभएको छ।
रुपन्देही २ मा एमाले नेता पौडेल निर्वाचित
रुपन्देही–२ को प्रतिनिधि सभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ ।
मोरङ २ मा एमालेका पोखरेल विजयी, कांग्रेस नेत्री कोइराला पराजित
मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएकी नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल विजयी हुनुभएका छ ।
कपिलवस्तु ३ मा एमालेका मंगलप्रसाद गुप्ता निर्वाचित
कपिलवस्तु क्षेत्र नं ३ को प्रतिनिधि सभाका नेकपा (एमाले) का उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी हुनुभएको छ ।
तेह्रथुम प्रदेशसभा (क) मा एमालेका दुलाल निर्वाचित
तेह्रथुमको प्रदेश सभा (क) मा नेकपा (एमाले) का उम्मेदवार किशोरचन्द्र दुलाल निर्वाचित हुनुभएको छ ।
बारा–१ मा एमालेका अच्युत मैनाली निर्वाचित
बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अच्युत मैनाली निर्वाचित हुनुभएको छ । उहाँले ३९ हजार एक सय ९५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।