• २१ वैशाख २०८१, शुक्रबार

चितवन ३ मा राप्रपाका पाण्डे विजयी

blog

वसन्त पराजुली

भरतपुर, मङ्सिर १० गते  । चितवन ३ बाट राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार विक्रम पाण्डे  प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएकोमा छ । निर्माण व्यवसायी पाण्डेले खसेको ९४ हजार २८० मत मध्ये ३५ हजार ५५ मत प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गर्नु भएको सहायक निर्वचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । अधिकारीलाई कांग्रेस लगायत गठबन्धनको सहयोग थियो । पाण्डे यस अघि भूमि सुधार र वन मन्त्री हुनुहुन्थ्यो ।