• ८ वैशाख २०८१, शनिबार

मोरङ २ मा एमालेका पोखरेल विजयी, कांग्रेस नेत्री कोइराला पराजित

blog

सचिन पोख्रेल

बिराटनगर, मङ्सिर ९ गते । मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएकी नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल विजयी हुनुभएका छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहनु भएकी कोइरालालाई एक हजार २०८ मतको अन्तरले पोखरेलले पराजित गर्दै विजयी हुनु भएका हो ।

पोखरेलले ३३ हजार १४८ मत ल्याइ विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी कोइरालाले ३१ हजार ९४० मत ल्याउनु भएको छ । विजेता पाखरेलले २०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गर्नुभएको थियो । तर उहाँ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित हुनुभएको थियो।

उपविजेता बन्नु भएकी कोइराला कांग्रेसका प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका गिरिजाप्रसाद कोइरालाको छोरी हुनुहुन्छ। गिरिजाले यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्रीसमेत बन्नुभएको थियो ।