गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो
गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको छ । जिल्लाका दुवै प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना सकिदा घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको हो ।
संसदमा पाँच जना फेरि विजयी
२०७४ सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका पाँच जना मात्र फेरि विजयी भएका छन् । विजयी हुनेमा दुई प्रतिनिधि सभामा र तीन जना प्रदेश सभामा रहेका छन् ।
विकल्प खोज्दा नयाँ अनुहार: जनमुखी काम कार्यान्वयनमा चुनौती
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न निर्वाचन क्षेत्रमा पुराना एवम् अनुभवी उम्मेदवारलाई पाखा लगाउदै नयाँ अनुहार मतदाताको रोजाइमा पर्न सफल भए । निर्वाचनमा प्राप्त फरक खाले नतिजाको विभिन्न कोणबाट विश्लेषण भएको छ ।
प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य
कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१)बाट नेकपा (माओवादी केन्द्र)का रनसिंह परियार निर्वाचित हुनुभएको हो ।
बाँके ३ मा काँग्रेसका राठोर विजयी
बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर सिंह राठोर विजयी हुनु भएको छ । राठोरले नेकपा(एमाले)का किस्मत कुमार कक्षपतिलाई हराउँदै विजयी हुनु भएको हो ।
मोरङमा खुम्चियो एमाले
मोरङमा वाम लोकतान्त्रिक गठबन्धनको नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका चार स्थानमध्ये तीनवटा निर्वाचन क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको छ। क्षेत्र नं. २ मा पूर्वउपप्रधानमन्त्री समेत रहनुभएकी कांग्रेस नेत्री सुजाता कोइराला भने पराजित हुनुभएको छ। २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ डाक्टर मीनेन्द्र रिजाल मात्र विजयी हुनुभएको थियो। त्यसैगरी प्रदेश सभामा चारवटा स्थानमा जितेको कांग्रेसले यो पटक भने प्रतिनिधि सभामा तीन र प्रदेश सभामा पाँचवटामा जित निकालेको छ।
पुगेन मतदाता शिक्षा
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा एक मतका कारण हार–जित हुन्छ। त्यसैले निर्वाचनमा हरेक मतलाई मूल्यवान् मानिन्छ। यही मतका निम्ति राज्यले अर्बौँ रुपियाँ खर्चेको हुन्छ तर महोत्तरीमा चारवटै निर्वाचन क्षेत्रको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको मतगणनामा सोह्र हजारभन्दा बढी मत बदर भेटिएको छ।
गठबन्धनकै भरमा एकीकृत समाजवादीको जित
गठबन्धन दलको सहयोगमा प्रतिनिधि सभामा उम्मेदवार बनाएको १९ सिटमध्ये १० मा सहज विजयी बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समानुपातिक मतमा भने थ्रेसहोल्ड कटाउन नसक्ने चिन्तामा छ । दस स्थानमा विजयी भएको सो पार्टीका नेता तथा कार्यकर्ताको गुनासो भने भिन्नै छ, “गठबन्धनमा रहेका दलले आफ्ना उम्मेदवारलाई आवश्यक परेको जति सहयोग गरेनन् ।” नेकपा (एमाले)बाट छुटेर बनेको एकीकृत समाजवादीले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सँग सहकार्य गरेर आफूलाई सम्मानजनक रूपमा उभ्याउन सफल भएको छ तर आफ्नो वास्तविक परीक्षा मानिएको समानुपातिक मतमा भने निकै तल छ । सो पार्टी समानुपातिकतर्फ प्राप्त मतका आधारमा सातौँ स्थानमा छ । सो पार्टीले अहिलेसम्म एक लाख चार हजार १५१ मत ल्याएको छ ।
चितवनमा स्वतन्त्र पार्टी पहिलो बन्यो
पुराना पार्टीलाई पछि पार्दै चितवन जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राजनीतिक दल बनेको छ। समानुपातिक प्रणालीतर्फ तीनवटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरका साथ रास्वपा पहिलो दल बनेको हो। तीन निर्वाचन क्षेत्रबाट रास्वपा ९९ हजार ३७ मत ल्याएर पहिलो दल बनेको छ। नेकपा (एमाले) ५५ हजार ३१२ मत ल्याएर दोस्रो र नेपाली कांग्रेस ३९ हजार १३० मत ल्याएर तेस्रो भएको छ।
सुनसरी क्षेत्र नं १(ख) मा एमालेका राई विजयी
सुनसरी क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेकपा एमालेका विजयकुमार राई विजयी हुनुभएको छ ।
सुनसरी–१ बाट अशोक राई विजयी
सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी हुनुभएको छ । उहाँले १७ हजार ५९ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना परिणाम अन्तिम चरणमा पुगेको छ। सोमबार साँझसम्म छ स्थानको नतिजा आउन बाँकी छ। पछिल्लो परिणामअनुसार पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल प्रतिनिधि सभा निर्वाचनमा पराजित हुनुभएको छ। पराजित हुने पूर्वप्रधानमन्त्रीमा उहाँ मात्र हुनुहुन्छ।
प्रत्यक्षमा पचास कटेकाकै वर्चस्व
प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० भन्दा कम उमेर समूहका निर्वाचित सदस्यहरू आठ जना मात्र रहेका छन्। ३० भन्दा कम उमेर समूहका दुई जनामा छन्। अहिलेसम्म प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कम उमेरकी निर्वाचित सदस्य हुनुहुन्छ। उमेर समूहमा सबैभन्दा बढी ५० देखि ६० वर्षका ५९ जना निर्वाचित भइसकेका छन्। ५० भन्दा तल उमेर समूहका ३८ जनाको प्रतिनिधित्व प्रत्यक्षतर्फबाट हुने देखिएको छ।
गठबन्धनलाई सुविधाजनक बहुमत
सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ। निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रदेश सभातर्फ निर्वाचित सांसद् सङ्ख्या र समानुपातिक मतका आधारमा सत्ता साझेदार दलहरूबीच संयुक्त सरकार गठन हुने देखिएको हो।
पुनः मतगणनाको माग गर्दै मन्त्री कार्कीद्वारा निवेदन दर्ता
सुनसरीको निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना शनिबार दिउँसोबाट स्थगित भएपछि पुनः गणनाका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराउनुभएको छ ।
इलाम १ मा खनाललाई पराजित गर्दै एमालेका बस्नेत विजयी
नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेत इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनाललाई हराउँदै उहाँ बिजयी हुनुभएको हो ।
चौथौँ पटक विजयी जनार्दनको भोट १५ वर्षमा १२ प्रतिशतले वृद्धि
वि.सं. २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनदेखि जनार्दन शर्माले चौथौं पटक विजय हुनुभएको छ । वि.सं. २०४८ सालमा पहिलो पटक निर्वाचनमा उठेका उहाँ साेबेला कांग्रेस नेता गोपालजिजङ् शाहसँग पराजित हुनुभएको थियो ।
समानुपातिकतर्फ ८० प्रतिशत मतगणना
काठमाडौँ, मङ्सिर ११ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । हाल गणना भइरहेका छ निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आँकलन गरिएको छ । बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा मङ्सिर १० गते पुनः मतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ । दोलखा र स्याङ्जा सत्तापक्ष तथा प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरु गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ । रासस
चर्चित कलाकारहरू चुनावी रङ्गमञ्चमा अस्वीकृत
सिनेमा र रङ्गमञ्चमा धेरै रुचाइएका कलाकारहरू वास्तविक चुनावी रङ्गमञ्चमा अस्वीकृत हुनुभएका छन् । चुनावमा उम्मेदवारी दिनुभएका प्रायः कलाकारहरूको पराजय हुँदा प्रदेशसभामा एकजना विजय हुनुभएको छ ।
धनुषा ४ मा कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै
धनुषा निर्वाचन क्षेत्र नं. ४ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायम राख्नुभएको छ ।
धनुषा १ प्रतिनिधिसभामा जसपाका कार्की विजयी
धनुषा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी हुनु भएको छ ।
गुल्मी–२ मा समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो
गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको समानुपातिक मत परिणामअनुसार नेकपा (एमाले) पहिलो र नेपाली काँग्रेस दोस्रो बनेको छ ।
मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण
मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ ।
बारामा सबै सभाको नतिजा सार्वजनिक
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । यसअघि तीन वटा सम्पन्न भए पनि निर्वाचन क्षेत्र नं. २ को अन्तिम परिणाम ढिलो आएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।