मतगणना सुरु गर्न उम्मेदवारहरु सिसिटिभी फुटेज हेर्दै
हिजो निर्वाचन आयोगले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्यलाई अगाडि बढाउन निर्देशन दिएकोमा आज बिहान सदरमुकाम इनरुवामा सर्वदलीय बैठक बसेको छ ।
समानुपातिकतर्फ ९६ लाख मत गनियो
प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारलाई निर्वाचन खर्चको विवरण पेस गर्ने निर्देशन
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उम्मेदवारले निर्वाचनको अवधिमा भएका खर्चको विवरण पेस गर्न उम्मेदवारहरूलाई निर्देशन दिएको छ ।
बाँकेमा एमाले पहिलो, जसपा दोस्रो ठूलो दल
मङ्सिर ४ गते भएको निर्वाचनबाट बाँकेमा मतका हिसाबले एमाले पहिलो ठूलो पार्टी बनेको छ ।
धनुषा ४ बाट रघुवीर महासेठ विजयी, १२४ मतले यादव पराजित
धनुषा क्षेत्र न. ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा(एमाले)का उम्मेदवार रघुवीर महासेठ विजयी हुनु भएको छ ।
धनुषा ४ मा यादव र महासेठबीच तीव्र प्रतिस्पर्धा
धनुषा क्षेत्र न. ४ प्रतिनिधि सभा सदस्यको उम्मेदवारको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार वाम–गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव र नेकपा(एमाले)का उम्मेदवार रघुवीर महासेठ विच तीव्र प्रतिस्पर्धा भएको ।
प्रधानमन्त्रीका दाबेदार धेरै
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगिरहँदा प्रमुख राजनीतिक दलहरूबीच नयाँ सरकार गठनका सन्दर्भमा गहन छलफल सुरु भएको छ । चुनावी परिणामको रुझानअनुसार त्रिशङ्कु संसद् बन्ने निश्चित देखिएपछि दलहरूभित्र सरकारको नेतृत्व र सहभागिताबारे आन्तरिक र बहुपक्षीय छलफल आरम्भ भएको हो ।
गुल्मीमा ५० उम्मेदवारको जमानत जफत
गुल्मीमा ५० जना उम्मेदवारको जमानत जफत भएको छ । मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा यस जिल्लामा ६२ जना उम्मेदवारले भाग लिएका थिए । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा ५० जना उम्मेदवारको जमानत जफत भएको हो ।
मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका प्रभावित
निर्वाचन आयोगले स्याङ्जा र बाजुराको विवादित मतदान केन्द्रबारे निर्णय गर्न नसक्दा मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको छ। निर्वाचन आयोगले मङ्सिर १२ गतेभित्र निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको थियो। आयोगका अनुसार सोमबारसम्म १५३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। नौ निर्वाचन क्षेत्रको गणना हुँदै छ। दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। तर स्याङ्जा र बाजुराको विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने वा यथास्थितिमै गणना गर्नेसम्बन्धमा आयोगले निर्णय गर्न ढिलाइ गर्दा मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विवादित दुई जिल्लाको निर्णयसमेत छिट्टै आउने दाबी गर्नुभयो। आयोगले मङ्सिर ७ गतेभित्र प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने)तर्फका सबै र मङ्सिर १२ गतेभित्र समानुपातिकतर्फको सबै निर्वाचन क्षेत्रको गणना गर्ने आन्तरिक कार्यतालिका बनाएको थियो। त्यसैगरी मङ्सिर २० गतेभित्र मतपरिणामको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने कार्यक्रम तय गरेको थियो।
यसरी बनाइन्छ समानुपातिकबाट समावेशी
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ । सोमबार साँझसम्म करिब ९४ लाख मतगणना भइसकेको छ । जारी गणनामा नेकपा (एमाले) पहिलो स्थानमा छ ।
सुनसरी क्षेत्र नं. ४ को मतगणना गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्यलाई अगाडि बढाउन निर्देशन दिएको छ ।
पाँचथर प्रदेश समानुपातिकमा एमालेलाई सबैभन्दा बढी मत
पाँचथर जिल्लामा प्रदेशतर्फ समानुपातिक प्रणालीको मत गणना सकिएको छ । सोमवार साँझ सम्पन्न गणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) ले सबै भन्दा धेरै मत पाएको छ ।
कपिलवस्तु १ मा एमालेका बलराम अधिकारी निर्वाचित
कपिलवस्तु –१ मा सत्ता गठबन्धनका उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै नेकपा (एमाले) का बलराम अधिकारी निर्वािचतहुनुभएको छ ।
जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ : उपाध्यक्ष नेम्वाङ
नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचन परिणामले लोकतन्त्रको सुन्दर र स्वास्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताउनुभएको छ ।
कैलालीमा प्रतिनिधि सभा प्रत्यक्षतर्फ करिब १९ हजार मत बदर
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कैलालीमा १८ हजारभन्दा बढी मत बदर भएको छ । गत साता भएको निर्वाचनमा कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा गरेर कुल १८ हजार ९७१ मत बदर भएको हो ।
विजयी उम्मेदवार मतदातासँगको भेटघाटमा व्यस्त
निर्वाचनमा जितेका उम्मेदवारलाई अहिले मतदातालाई भेट्न र बधाई लिन भ्याइनभ्याई भएको छ । पूर्वी नवलपरासीका नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका विजयी डा. शशाङ्क कोइराला, विष्णुकुमार कार्की र प्रदेश (क) मा विजयी महेन्द्रध्वज जिसी मतदातासँगको भेटघाटमा व्यस्त हुनुहुन्छ ।
निर्वाचनमा बालबालिकाको प्रयोग
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा विद्यालय तथा बालबालिकालाई प्रयोगमा ल्याइएको पाइएको छ ।
प्रतिनिधि सभामा ८ जना महिला नेत्रीहरु विजयी
प्रतिनिधि सभा सदस्यमा २२५ महिला उम्मेदवारमध्ये ८ जना विजयी भएका छन् । नेकपा (एमाले) बाट जुली कुमारी महतो ३३ हजार ३८८ मतसहित धनुषा–३ बाट विजयी हुनुभयो ।
समानुपातिकमा एमाले एक लाख ३४ हजार मतान्तरसहित अग्रस्थानमा
समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको तीन बजेसम्मे तथ्याङ्कअनुसार ९३ लाख १७ हजार ८१२ मतगणना गर्दा एमालेले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ भने सोही समयमा नेपाली कांग्रेसको २४ लाख ७५६ प्राप्त गरेको छ ।
इलाम १ प्रदेश सभा (ख) मा कांग्रेसका शम्शेर विजयी
इलाम १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका शम्शेर राई विजयी हुनुभएको छ । राईले निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का दिपककुमार थेवेलाई ५ सय ४१ मतान्तरले पराजित गर्नुभयो ।
स्याङ्जा २ विवाद : छानबिन समितिद्वारा आज प्रतिवेदन बुझाउँदै
मतदान सकिएको एक हप्ता हुन लागेको भए पनि स्याङ्जा क्षेत्र नं २ को मतगणना अझै शुरु हुन सकेको छैन । चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिइरहेका छन् ।
हुम्लामा प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण
हुम्ला जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने नव निर्वाचित सदस्यहरूको घोषणा र प्रमाणपत्र वितरण गर्ने कार्य भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रम आयोजना गरेर सो कार्यक्रम गरेको हो ।
इलाम १ ‘क’ मा एकीकृत समाजवादीकी लङ्वा विजयी
इलाम – १ को प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की नेतृ खिनु लङ्वा (लिम्बू) विजयी हुनुभएको छ ।
समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ ।