दोलखामा शान्तिपूर्ण पुनः मतदान, ५० प्रतिशत मत खस्यो
दोलखाका १० मतदान केन्द्रमा आज भएको पुनः मतदान शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । आजको निर्वाचनमा करिब ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
लामो पर्खाइपछि बाजुरामा आज साँझबाट मतगणना सुरु
बाजुरामा आजदेखि मतगणना सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले आज दिउँसो ३:३० देखि मतगणना सुरु गर्ने निर्णय गरे पनि ढिलोगरी ५:४० बजेदेखि गणनाको काम सुरुभएको छ ।
स्याङ्जा-२ मा गुरुङको अग्रता कायमै, पछ्याउँदै अर्याल
स्याङ्जा निर्वाचन क्षेत्र २ मतगणना जारी छ । विवादका कारण मत गणना सुरु हुन ढिला भएपछि धेरैको चासो थियो ।
मधेश प्रदेश सभाको ११ सिटमा खुम्चियो जसपा
मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशमै कमजोर देखिएको छ । मधेशी जनताका मुद्दा उठाएर तराई–मधेशलाई आधार बनाएर राजनीतिक गर्दै आएको दल जसपाले प्रदेशकै मतदाताको विश्वास जित्न सकेनन् ।
समानुपातिक मतगणना : एक करोड दुई लाख गणना हुँदा एमाले पहिलो दल
मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड दुई लाख ६४ हजार ५३ मतगणना हुँदा नेकपा (एमाले)ले सबैभन्दा बढी मत पाएको छ।
सप्तरी १ मा जसपाका नवल किशोर साह विजयी
सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार नवल किशोर साह सुडी विजयी हुनुभएको छ ।
स्याङ्जा-२ मा पद्मा अर्यालको वडामै धनराजको अग्रता
स्याङ्जा निर्वाचन क्षेत्र २ मा मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनुभएको छ । उहाँले नेकपा नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई एक हजार ३२७ मतले पछि पार्नुभएको हो ।
प्रदेश सभातर्फ नेकपा एस १४ स्थानमा विजयी
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेशसभातर्फ १४ स्थानमा विजयी हासिल गरेको छ ।
सुनसरी क्षेत्र नं. ४ बाट सञ्चारमन्त्री कार्की विजयी
पाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
काभ्रेमा प्रतिनिधि सभाका २७ उम्मेदवारको जमानत जफत
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत काभ्रेपलान्चोक जिल्लामा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका उम्मेदवारहरूमध्ये २७ उम्मेदवारको जमानत जफत भएको छ ।
दोलखामा पुनः मतदान सुरु
दोलखामा शान्तिपूर्ण रूपमा प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि जिल्लाका १० मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
स्याङ्जा–२ मा कांग्रेसका गुरुङले लिए अग्रता
स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता लिनु भएको छ । उहाँले नेकपा नेकपा (एमाले) का उम्मेदवार पद्मा कुमारी अर्याललाई ६५४ मतले पछि पार्नु भएको हो ।
कर्णाली प्रदेश : समानुपातिक मतमा एमाले पहिलो
प्रतिनिधि सभा समानुपातिकतर्फ अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणामअनुसार कर्णालीमा नेकपा (एमाले) पहिलो दल बनेको छ। सुर्खेतमा नेकपा (एमाले)ले यस पटक पनि २०७४ को लोकप्रियतालाई कायमै राखेको हो। प्रदेश सभातर्फ नेकपा (एमाले)ले समानुपातिकमा एक लाख ८३ हजार ९५० मत प्राप्त गरेको छ। अघिल्लो निर्वाचनमा पनि एमाले पहिलो दल बनेको थियो। प्रदेशमा लोकप्रिय मतमा नेपाली कांग्रेस दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएको छ।
मन्त्री कार्कीको अग्रता कायमै : १५ मतले अगाडि
सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम गर्नुभएको छ ।
सञ्चारमन्त्री कार्की एक मतले पछाडि : आफ्नै वडाको मतगणना हुँदै
पछिल्लो विवरणअनुसार मन्त्री कार्की एक मतले पछाडि पर्नुभएको छ ।
दोलखामा पुनः मतदान आज
निर्वाचन आयोगले स्याङ्जा–२ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । स्याङ्जा र बाजुरामा मङ्सिर ४ गते मतदान सम्पन्न भए पनि विवादका कारण मतगणना सुरु भएको थिएन । विवादकै कारण स्थगित दोलखाको १० वटा मतदान केन्द्रमा भने बिहीबार मतदान हुँदैछ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोग पदाधिकारीको बैठकले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतगणना सुरु गर्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठकमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिलाई मतगणना निर्देशिकाबारे जानकारी गराएपछि गणना सुरु हुनेछ ।”
स्याङ्जा २ मा मतगणना सुरु, पद्मा अर्यालको अग्रता
स्याङ्जा निर्वाचन क्षेत्र नं.२ मतगणना गए रातीबाट सुरु भएको छ । प्रारम्भिक नतिजा अनुसार नेकपा (एमाले) की पद्मा कुमारी अर्यालले अग्रता लिनु भएको छ । अर्यालले २३०४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका धनराज गुरुङले १७०३ मत पाउनु भएको छ । अर्याल ६०१ मतले अगाडि हुनु हुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ३९९ मत पाउनु भएको छ ।
मन्त्री कार्की र कुसियैतबीच उच्च प्रतिस्पर्धा
सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य निर्वाचनमा उच्चस्तरको प्रतिस्पर्धा देखिएको छ ।
स्याङ्जा–२ को मतगणना केहीबेरमा सुरु हुँदै
स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना राती ९ बजेबाट शुरु हुने भएको छ ।
सुनसरी क्षेत्र ४ (ख) प्रदेश सभामा कांग्रेसका मंसुरी विजयी
सुनसरीको निर्वाचन क्षेत्र नं. ४ (ख) को प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदबार हाजी इसराइल मंसुरी विजयी हुनुभएको छ । प्रदेश सभा सदस्य निर्वाचित हुनुभएका मंसुरीले १४ हजार ३२८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अब्बास अन्सारीले १२ हजार १८५ मत प्राप्त गर्नुभयो ।
सुनसरी क्षेत्र ४ मा सञ्चारमन्त्री कार्कीको अग्रता कायमै
सुनसरीको तीन वटै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भए पनि निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि र प्रदेश सभा तर्फको मतगणना अझै जारी रहेको छ । तीन दिनदेखि स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि निरन्तर मतगणना जारी रहेको छ । आज राति ३ बजेसम्ममा अन्तिम नतिजा सार्वजनिक हुनसक्ने मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
दोलखाका १० केन्द्रमा कडा सुरक्षाबीच बिहीबार मतदान हुने
दोलखामा भोलि बिहीबार प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
प्रदेश सभामा १२ स्वतन्त्र उम्मेदवार विजयी
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेश २ मा सबैभन्दा बढी प्रदेश सभातर्फ ६ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
प्रदेश सभातर्फ राप्रपा ११ स्थानमा विजयी
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सभातर्फ ११ स्थानमा विजयी हासिल गरेको छ ।