• ७ वैशाख २०८१, शुक्रबार

सप्तरी १ मा जसपाका नवल किशोर साह विजयी

blog

सप्तरी, मङ्सिर १५ गते । सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार नवल किशोर साह सुडी विजयी हुनुभएको छ । साहले २३ हजार ६०४ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार जय कान्त राउतले १९ हजार ९९६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । यादवले १३ हजार ८२२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत ल्याउनुभएको छ ।