• ११ वैशाख २०८१, मङ्गलबार

सुनसरी क्षेत्र ४ (ख) प्रदेश सभामा कांग्रेसका मंसुरी विजयी

blog

प्रदेश सभातर्फ निर्वाचित कांग्रेसका इसराइल मंसुरी । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर १४ गते । सुनसरीको निर्वाचन क्षेत्र नं. ४ (ख) को प्रदेश सभा सदस्यमा  नेपाली कांग्रेसका उम्मेदबार हाजी इसराइल मंसुरी विजयी हुनुभएको छ । प्रदेश सभा सदस्य निर्वाचित हुनुभएका मंसुरीले १४ हजार ३२८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अब्बास अन्सारीले १२ हजार १८५ मत प्राप्त गर्नुभयो ।  

सुनसरी क्षेत्र नं –४ प्रदेश (ख) बाट कांग्रेसका उम्मेदवार हाजी मंसुरीले एमाले उम्मेदवार अन्सारीभन्दा दुई हजार १४३ मतले विजय हुनुभएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।