प्रत्यक्षतर्फ प्रदेशसभा : ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो
सातवटै प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ ।
स्याङ्जा–२ का तीन जना सांसदको पहिलो प्रयास सफल
स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनै जना सांसदले पहिलो पटकमा नै सफलता पाएका छन् ।
प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको थियो ।
दोलखामा माओवादी केन्द्रका उम्मेदवार कार्की विजयी
दोलखा प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३१७ मत अन्तरले पराजित गर्नुभएको हो ।
माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की ११९५ मतले अघि
दोलखा प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी पछिल्लो मत गणनाअनुसार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले आफ्नो प्रतिस्पर्धीलाई ११९५ मतले पछाडि पार्नुभएको छ ।
गठबन्धनभित्रै सहमतिको खोजी
निर्वाचन नतिजाको अन्तिम परिणाम आउन लाग्दा सरकार गठनका पहल तीव्र भएका छन् । निर्णयहरू पनि एकपछि अर्को गर्दै परिवर्तन हुन थालेका छन् । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले शनिबार ‘नयाँ सरकार गठनका लागि सबै विकल्प खुला राख्ने’ निष्कर्षमा पुगेको बताउनुभयो । उहाँको अभिव्यक्ति सार्वजनिक भएलगत्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पार्टीको आधिकारिक धारणा माग्नुभयो ।
दोखला (क) बाट कांग्रेसका कुन्दनराज काफ्ले विजयी
दोलखा जिल्लाको निर्वाचन क्षेत्र १ को प्रदेश सभा (क) बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी हुनुभएको छ ।
प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित कांग्रेसका ५७ सांसद (तस्बिरसहितको विवरण)
मङ्सिर ४ गते सम्पन्न सङ्घीय चुनावको मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ दोलखाबाहेक १६४ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।
दोलखाबाट प्रदेश (ख) मा एमालेका केसी विजयी
एक निर्वाचन क्षेत्र रहेको दोलखाको प्रदेश (ख) मा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भरतबहादुर केसी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ ।
समानुपातिक मतगणनामा एमालेकाे २७ लाख ८८ हजार
मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ ।
मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्वाचन आयाेगकाे निर्देशन
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारलाई अन्तिम मतपरिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको छ ।
दोलखामा एमालेका सिवाकोटी अगाडि
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा भएको प्रारम्भिक मत गणनाअनुसार सुरुदेखि अग्रतामा रहेका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीलाई उछिन्दै नेकपा (एमाले) बालकृष्ण सिवाकोटीले अग्रता लिनु भएको छ ।
बाजुरामा कांग्रेसका पाण्डे विजयी
बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापाको भन्दा पाँच हजार ५४१ मत ल्याएर विजयी हुनु भएको हो ।
बाजुरा (ख) मा कांग्रेसका शाही विजयी
बाजुराको प्रदेश निर्वाचन क्षेत्र नं. १ को प्रदेश (ख) मा नेपाली कांग्रेस उम्मेदवार पदमबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २० हजार ११९ मत प्राप्त गरी शाही विजयी हुनुभएको हो ।
प्रत्यक्ष निर्वाचनमा बढेन महिला प्रतिनिधित्व
दोस्रो पटक भएको प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने महिला प्रदेश सभा सदस्यको सङ्ख्या खासै बढ्न सकेन। ठूला र जनाधार भएका दलहरूले समेत महिलालाई पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार बनाउन प्राथमिकतामा नराखेका कारण पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व बढ्न नसकेको हो।
प्रतिनिधि सभामा बाह्र दलको प्रवेश
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या लगभग टुङ्गिन लागेको छ। निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मतपरिणामअनुसार सातवटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने देखिएको छ।
स्याङ्जा क्षेत्र नं. (ख) बाट कांग्रेसका महेश भट्टराई विजयी
नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई स्याङ्जा जिल्लाको क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
कांग्रेस उपसभापति धनराज गुरुङ स्याङ्जाबाट प्रतिनिधि सभामा विजयी
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा जिल्लाको क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभएको छ ।
स्याङ्जा २ मा धनराज गुरुङको जित सुनिश्चित
स्याङ्जा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा कांग्रेसका धनराज गुरुङको जित सुनिश्चित भएको छ । गुरुङले ५ हजार ९७५ मतले अग्रता लिई रहनुभएको छ । अब गणना गर्न चापाकोट नगरपालिकाको वडा नं. ८, ९ र १० मात्र बाँकी छ । गणना गर्न बाँकी रहेको मत ४ हजार ८७१ रहेको छ ।
दोलखामा समानुपातिकतर्फ एमालेको अग्रता
दोलखामा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहँदा समानुपातिकतर्फ भने नेकपा (एमाले) ले अग्रता लिएको छ । प्राप्त मत परिणामअनुसार प्रतनिधि सभा समानुपातिकतर्फ १७ हजार ३६८ मत गणना हुँदा एमालेले ६ हजार २८६ मत प्राप्त गरेको छ ।
जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् ।
बाजुरामा कांग्रेसका पाण्डे ३ हजार ८८८ मतले अगाडि
बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले ३ हजार ८८८ मतले अग्रता बनाउनुभएको छ ।
स्याङ्जा–२ मा अग्रता बढाउँदै कांग्रेसका धनराज गुरुङ
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।
दोलखामा एक हजार ९५ मतले कार्कीको अग्रता
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राख्नुभएको छ । आज मध्यान्हसम्मको गणनाअनुसार कार्की १ हजार ९५ मतले अगाडि रहनुभएको छ ।