• १५ वैशाख २०८१, शनिबार

यी हुन् प्रतिनिधि सभामा विजयी भएका १६५ सांसद

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १९ गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । 

निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । त्यसैगरी, नेकपा (एमाले) ४४ सिटसहित दोस्रो भएको छ । नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सात–सात सिट जित्न सफल भएका छन् ।

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टीले एक–एक स्थानमा विजयी भएका छन् । प्रतिनिधि सभामा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ ।  

प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने १६५ सांसदको विवरण