राष्ट्रपति निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले परिचयपत्र अनिवार्य बोक्नुपर्ने भएको छ ।
मानहानि हुने प्रकृतिका सामग्री उत्पादनमा रोक
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी आचारसंहिता फागुन १७ देखि चैत ५ गतेसम्म लागू भएको छ । फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति निर्वाचनको मिति तय भएको छ ।
राष्ट्रपति पदका दुवैजनाको उम्मेदवारी कायम
राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली मंगलबार अपरान्ह प्रकाशित भएको छ ।
चितवन–२ मा हुने उपनिर्वाचनमा सहभागी हुन १८ दल दर्ता
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचन प्रयोजनका लागि १८ राजनीतिक दल दर्ता भएका छन् । आज (मङ्गलबार) सम्म उपनिर्वाचनका लागि १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
जिते राष्ट्रपति, हारे सांसद कायमै
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मंगलबार उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ ।
उम्मेदवारविरुद्ध उजुरी परेनन्, अन्तिम नामावली भोलि सार्वजनिक गरिने
राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले बताएको छ । उम्मेदवारविरुद्ध आइतबार बिहान १० देखि २ बजेसम्म उजुरी गर्ने समय थियो ।
चितवन–२ को उपनिर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी
आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ ।
चितवन–२ मा हुने उपनिर्वाचनका लागि कांग्रेस आयोगमा दर्ता हुने
आगामी वैशाख १० गते आइतबार चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।
फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने बताउनुभयो ।
मतदाता नामावलीमा अरुणकुमार चौधरीको नाम समावेश गराउन माग
राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ ।
राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक (सूचीसहित)
निर्वाचन अयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज (बुधबार) दिउँसो ८८१ जनाको मतदाता नामावली सार्वजनिक गरेको हो ।
यस्तो छ, राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ ।
राष्ट्रपति निर्वाचनमा विद्युतीय मेसिन प्रयोग नहुने
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो ।
उपनिर्वाचनका लागि दल दर्ता आह्वान
निर्वाचन आयोगले चितवन–२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सर्वाेच्च अदालतले अयोग्य ठहर गरेपछि रिक्त भएको सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि दल दर्ता आह्वान
आगामी वैशाख १० गते चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।
निर्वाचन खर्च नबुझाउने सवा लाखलाई राहत १३६ लाई द्विविधा
स्थानीय तह निर्वाचनमा खर्च नबुझाउने उम्मेदवारलाई लागेको जरिवाना मिनाहा गरिएपछि जरिवाना तिरिसकेका उम्मेदवारले यथास्थितिमा जरिवाना फिर्ता नपाउने भएका छन् । उम्मेदवारले बुझाउन बाँकी रहेको जरिवाना सरकारले मिनाहा गरे पनि जरिवाना तिरिसकेका विषयमा भने कुनै निर्णय गरेको छैन ।
सातौँ निर्वाचन दिवस मनाउने तयारी
‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नेलगायत कार्यक्रम तय गरेको छ ।
उम्मेदवारबाट जरिवाना असुल्ने आयोगको प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्थानीय तह निर्वाचनमा चुनावी खर्चको विवरण समयमा नबुझाएका कारण जरिवाना तिर्नुपर्ने प्रावधानविरुद्ध दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानुन बनाउनुपर्छ : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताउनुभएको छ ।
चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन
निर्वाचन अयोगले प्रतिनिधि सभाअन्तर्गत चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेको छ ।
संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक : प्रमुख आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ ।
स्वतः विजयी घोषणा गर्न चितवनका उमेश श्रेष्ठको माग
नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । आइतबार आयोग पुगेर नेता श्रेष्ठले उम्मेदवारी दिनुभएको हो ।
निर्वाचनका लागि विनियोजित रकममध्ये तीन अर्ब फिर्ता हुने
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब रू. तीन अर्ब फिर्ता हुने बताउनुभएको छ ।