• १३ साउन २०८१, आइतबार

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन

राष्ट्रपति निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य

blog

निर्वाचन आयोग । फाइल तस्बिर

काठमाडौं, फागुन १९ गते । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले परिचयपत्र अनिवार्य बोक्नुपर्ने भएको छ । 

शुक्रबार आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले प्रयोग गर्ने परिचय पत्र सम्बन्धमा आयोगले निर्णय गरेको जानकारी दिनुभएको हो ।

उहाँले दुवै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा नेपाली नागरिकताको प्रमाण पत्र लिएर जानुपर्ने बताउनुभयो ।

त्यस्तै, सम्बन्धित संसद् सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ।  

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ । राष्ट्रपति निर्वाचन फागुन २५ गते र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।