• २१ असार २०८२, शनिबार

उत्कृष्ट सेवा गरेका शिक्षक सम्मानित

blog

सम्मानित हुने शिक्षकहरु । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी
धनकुटा, असार २१ गते ।
उत्कृष्ट सेवा गरेका सात जना शिक्षकलाई पाख्रिवास नगरपालिकाले सम्मान गरेको छ । शुक्रबार सम्पन्न शिक्षक मेन्टरिङ कार्यक्रममा पालिकाले पालिकाको क्षेत्रभित्रका विद्यालयबाट उत्कृष्ट सेवा गरेका सात जना शिक्षकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा श्रीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकमणी पौडेल, जालपादेवी माध्यमिक विद्यालयका रञ्जित गुरागाईँ, अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र राईलगायत शिक्षिका मातृका काफ्ले, दिपकला तामाङ, निरु श्रेष्ठ र गीता पौडेल रहनुभएको छ ।

पालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, उपप्रमुख नम्रता देउजा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला, शिक्षक शाखा प्रमुख ओमबहादुर आले लगायतले उत्कृष्ट शिक्षकहरुलाई सम्मान गर्नुभयो ।